“अब एम्बाप्पे माथि थप आक्रमण हुन्छ, संयमित हुनुपर्छ”

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का पूर्व स्टार निकोलस एनेल्काले किलियन एम्बाप्पे थप संयमित हुनुपर्ने बताएका छन्। एम्बाप्पे पछिल्लो समय अभिव्यक्तिका कारण विवादित हुन थालेपछि निकोलसले एम्बाप्पेलाई संयमित हुन सुझाव दिएका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा निकोलसले एम्बाप्पेलाई संयमित भएर आफ्नो स्तरमा रहेर अभिव्यक्ति दिन सुझाव दिए। केहि समय अगाडी मात्रै एम्बाप्पेले दक्षिण अमेरिकाको फुटबल स्तरबारे प्रश्न उठाएका थिए। जसकारण एम्बाप्पेको आलोचना भइरहेको छ।

एम्बाप्पेको सो अभिव्यक्तिलाई लिएर लाउटारो मार्टिनेज र फाबिन्होले आपत्ति जनाइसकेका छन्। आरएमसी स्पोर्टका लागि कुराकानी गर्नेक्रममा एनेल्काले एम्बाप्पे खेलमा बढी केन्द्रित हुनुपर्ने बताए।

“अब किलियनले पहिला भन्दा बढी संयमित हुनुपर्छ। अभिव्यक्ति दिँदा सोचेर बोल्नु पर्छ। बोल्दै हिड्ने भन्दा पनि उनी खेलमा बढी केन्द्रित हुनुपर्छ भन्ने म मान्छु। अहिले सम्म उनले यो राम्रै गरिरहेका छन्। सबै कुरा बारे बोलिरहण जरुरत हुँदैन। मानिसहरु सानो-सानो गल्ती खोजिरहेका हुन्छन् भन्ने कुरा उनले बुझ्नुपर्छ।”,एनेल्काले भने।

एनेल्काले आफ्नो समयमा सामाजिक संजाल नभएका कारण अवस्था केहि सहज भएको स्मरण गरे। तर अहिले सामाजिक संजालका कारण खेलाडी थप आलोचनाको केन्द्रमा हुने उनी बताउँछन्। मैदानमा राम्रो गरिरहेसम्म एम्बाप्पेले खासै डराउन नपर्ने एनेल्काको भनाई छ।

उनी भन्छन्,”हाम्रो समयमा सामाजिक सञ्जाल थिएन। जसकारण अहिले जस्तो अवस्था पनि थिएन। छिट्टै आलोचनाको केन्द्रमा हामी हुँदैनथ्यौं। एम्बाप्पेको छुट्टै व्यक्तित्व छ। धेरै कुराहरु बोल्न थाले झनै आलोचना बढ्छ। त्यसैले उनले अब देखि बोल्दा संयमित हुनु पर्छ।”

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१८:१४

फ्रान्सको अपराजित यात्रामा पूर्णविराम, डेनमार्कले तह लगायो !