झलनाथलाई वाम एकताको ‘पिर’ !

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए।

वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेनै एकताको पक्षमा नरहेको उनको गुनासो थियो। खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो। तर वामपन्थी आन्दोलनका आफूलाई मुल भन्ने नेताहरूनै एकताको पक्षमा छैनन्। त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो? यसको ऐतिहासिकता के हो? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन,’ उनले भने।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए। संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए। ‍

‘यो राजनीतिक पार्टीले र स्वयम् सांसदले संसदलाई कसरी हेर्नुहुन्छ, त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहस, छलफल र आफैंले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भीरतापुर्वक लिनुहुन्छ भन्ने कुरा माथि पनि निर्भर गर्छ । यसरी संसदप्रति उपेक्षा गरिनु राम्रो होइन। उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणामहरु ल्याउन सक्छ,’ उनले भने।

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१८:२२

करोड भन्दा बढी ठगेका जीवनकुमार पक्राउ !