कट्टर जिद्दी हुन्छन् ६ राशिका जातक, कसैले पनि अधीनमा राख्न सक्दैनन् यिनलाई

काठमाडौँ : ज्योतिष शास्त्रमा कुल १२ राशि हुन्छन् र हरेक राशिका अलग-अलग स्वभाव हुन्छ। राशि अनुसार मानिसहरुका स्वभाव र व्यक्तित्व बारे अनुमान लगाउन सकिन्छ। ज्योतिषीहरूका अनुसार केही राशिका व्यक्तिहरूलाई नियन्त्रण गर्न निकै गाह्रो हुन्छ। उनीहरु जिद्दी प्रवृत्तिका मात्र होइनन्, आफ्नो निर्णय निर्णय आफैँ लिन रुचाउँछन्। आज हामी तपाईलाई यी ६ राशिका बारेमा बताउँछौँ, जसलाई नियन्त्रणमा राख्न निकै कठिन हुन्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका मानिसहरुलाई प्रभावित पार्न धेरै गाह्रो हुन्छ। उनीहरु हेर्दा निकै सरल स्वभावका हुन्छन्, तर उनीहरुको प्रबल नेतृत्व नै उनीहरुको पहिचान हो। उनीहरु आफ्नो बाटो आफैँ बनाउनमा विश्वास गर्छन्। उनीहरुलाई चञ्चल मन या खाली दिमाग भएको सोच्ने भूल कहिल्यै नगर्नुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यस राशिका मानिसहरु निकै गोप्य स्वभावका हुन्छन् र आफ्नो राय आफैँमा सीमित राख्छन्। उनीहरु धेरै बोल्न रुचाउँदैनन्। उनीहरु आफूलाई हरेक परिस्थितिमा बलियो राख्न खोज्छन्। उनीहरुको दिमागमा के चलिरहेको छ थाहा पाउन गाह्रो हुन्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका मानिसहरु कहिल्यै पनि कसैको भर पर्दैनन्। उनीहरु आफैँमा धेरै विश्वास गर्छन्। कसैसँग सहयोग माग्दा पनि उनीहरु आफूलाई सक्षम भएको महसुस गर्छन्। यस राशिका मानिसहरु आफ्नो व्यक्तिगत जीवनलाई धेरै गोप्य राख्छन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका मानिसहरु गोप्य हुनुका साथै अरुलाई जोडतोड गर्नमा माहिर हुन्छन्। उनीहरुलाई मूर्ख बनाउन असम्भव नै हुन्छ र उनीहरुसँग खेलवाड गर्न सकिन्न। उनीहरुको दिमागसँग खेल्दाको नतिजा अक्सर घातक हुन्छ। उनीहरुका आफ्नै सोचाईको घेरा हुन्छ र उनीहरु कसैलाई पनि आफ्नो वरिपरी भड्किने अनुमति दिँदैनन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका मानिसहरु आफ्नो निर्णय स्वतन्त्र रुपमा लिन रुचाउँछन्। उनीहरुलाई अधीनमा राख्न धेरै कठिन हुन्छ। उनीहरुलाई केही कुरामा सहमत गराउन पनि सजिलो हुँदैन्। यो राशिका मानिस राम्रो श्रोता हुन्छन् तर मनले जे भन्छ त्यही गर्छन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका मानिसहरु एकदमै स्पष्ट र ईमानदार प्रवृतिका हुन्छन्। तर उनीहरुलाई नियन्त्रणमा राख्नु धेरै कठिन काम हो। उनीहरुले तपाईको कुरा अवश्य सुन्नेछन् तर उनीहरुले आँखा चिम्लेर तपाईको आज्ञा पालना गर्छन् भनेर कदापी नसोच्नुहोला।

प्रकाशित : शनिबार, जेठ २१, २०७९०९:२७

शनि ढैय्याबाट पीडित २ राशिका लागि आजको दिन खास, एक कामबाट प्रसन्न हुनेछन् शनिदेव