काठमाडौँ : ज्योतिषशास्त्रमा शनिदेवलाई कर्मफलदाता भनिन्छ। शनिदेवले कर्म अनुसार फल प्रदान गर्दछ। राम्रो कर्म गर्ने व्यक्ति शनिदेवको कृपा दृष्टिमा पर्छन् भने खराब काम गर्ने व्यक्तिलाई शनिदेवले दण्ड दिन्छन्। शनिको राशि परिवर्तनको प्रभावले केही राशि शनि महादशाको चपेटामा पर्छन्। अहिले शनि कुम्भ राशिमा गोचर गर्दैछ। शनि बैशाख १६ गते(२९ अप्रिल सन् २०२२) शुक्रबार मकर राशिबाट कुम्भ राशिमा प्रवेश गरेको थियो। शनिको गोचरसँगै कुम्भ, मकर र मीन राशिमा शनिको साढेसाती सुरु भएको थियो। कर्कट र वृश्चिक राशिमा शनि ढैय्या चलिरहेको छ।
शनिको राशि परिवर्तन करिब अढाई वर्षमा हुन्छ। शनिको गति सबै नवग्रहहरुमा सबैभन्दा सुस्त मानिन्छ। त्यसैले कुनै पनि राशिमा शनि ढैय्याको प्रभाव साढे दुई वर्षसम्म रहन्छ। अहिले कर्कट र वृश्चिक राशि शनि ढैय्याको चपेटामा छन्। शनि ढैय्याबाट पीडित राशिका जातकले आर्थिक, मानसिक र शारीरीक कष्टहरु सामना गर्नुपर्नेछ।
शास्त्र अनुसार शनिबारको दिन शनिदेवसँग सम्बन्धित उपाय गर्नाले शनिदेव प्रसन्न हुन्छन्। हनुमान भक्तमा शनिदेवको विशेष कृपा हुने जनविश्वास छ। हरेक दिन हनुमान चालिसाको पाठ गर्नुपर्छ। यसका साथै शनिबारको दिन काँसको कचौरामा तोरीको तेल र सिक्का हाली आफ्नो प्रतिबिम्ब हेर्नुहोला। र कुनै गरिब या दरिद्रलाई दान दिनुहोस् या शनि मन्दिरमा उक्त कचौरा लगेर राख्नुहोस्। यसका साथै पीपलको रुखमुनि तोरीको तेलको दियो बाल्नुहोस्। यो उपाय कम्तीमा पाँच शनिबार गर्नाले शनिदोषमा लाभ मिल्ने जनविश्वास छ।