काठमाडौँ : शनिदेवको कुदृष्टि पर्यो भने सर्वनाश हुन्छ तर शनिले शुभ फल दियो भने भिखारी पनि राजा बन्न सक्छन्। कर्म अनुसार फल दिने देवता शनिदेव जेठ २२ गते(५ जुन सन् २०२२) आइतबार कुम्भ राशिमा वक्री हुँदैछ। शनि ३० वर्षपछि आफ्नो राशि कुम्भमा छ। शनि १४१ दिनसम्म उल्टो चाल चल्नेछ। यसैबीच आउँदो असार २८ गते(१२ जुलाई सन् २०२२) मङ्गलबार मकर राशिमा प्रवेश गर्नेछ। शनिको स्थितिमा हुने यो ठूलो परिवर्तन केही राशिका लागि शुभ र केही राशिका लागि अत्यन्तै अशुभ साबित हुनेछ।
मेष, वृष, मिथुन र धनु राशिका लागि वक्री शनि शुभ साबित हुनेछ। यी राशिका जातकले यस समयावधिमा करियर-व्यापारमा लाभ उठाउनेछन्। आम्दानी बढ्नेछ। कुनै ठूलो कन्ट्राक्ट हात पार्नुहुनेछ।
अहिले मकर, कुम्भ, मीन राशिमा शनिको साढे साती चलिरहेको छ। योसँगै कर्कट र वृश्चिक राशिमा शनि ढैय्याको दशा चलिरहेको छ। यस्तो अवस्थामा यी राशिहरुमाथि शनिको विशेष नजर रहनेछ र धेरै मामिलाहरुमा समस्याको सामना गर्नुपर्नेछ। यसमा शनिको उल्टो गतिले उनीहरुमाथि समस्या झन् थपिनेछ। त्यसैले यस अवधिमा सावधान रहनुपर्नेछ। साथै शनिदेवको पीडाबाट छुटकारा पाउन उपाय अपनाउनु पर्छ।