कमल थापाको ठोकुवा – ‘अब राजसंस्था कुनै पनि हालतमा फर्किँदैन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग सहकार्य गर्न सकिने बताएका छन्। विराटनगरमा आइतबार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा थापाले राप्रपासँग सहकार्य गर्न सकिने सम्भावना रहेको बताएका हुन्।

राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरेको खण्डमा सहकार्य हुन सक्ने थापाले बताए। कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्ने आफ्नो पार्टीले राप्रपासँग पनि सहकार्य गर्न सक्ने थापाको भनाई छ। सहकार्यको लागि राजसंस्थाको एजेन्डामा राप्रपाले परिवर्तन गर्नुपर्ने थापाले बताए।

“हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ।”,थापाले भने।

त्यस्तै थापाले नेपालमा राजसंस्था फर्किने सम्भावना नरहेको दावी समेत गरेका छन्। डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको भएपनि अब राजसंस्था फर्किने सम्भावना नरहेको थापाले बताए। नेपालको धरातलीय यथार्त र जनभावना अनुसार राजसंस्था पुनर्स्थापित हुनसक्ने सम्भावना शून्य भइसकेको थापाको भनाई छ।

उनले भने,”यो अवस्थामा असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन्, राम्रा एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहन्छ।”

प्रकाशित : आइतबार, जेठ २२, २०७९१३:१८

झाँक्री सहित सबै मन्त्रीलाई फिर्ता बोलाउने नेकपा एसको निर्णय ! को-को ?