एजेन्सी – सुपरस्टार फरवार्ड लियोनेल मेस्सी एक्लैले ५ गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ ।
अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजो र प्रतिद्धन्द्धी इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको हो । स्पेनमा आइतबार राति भएको एकपक्षीय बनेको खेलमा मेस्सीले ४७ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि मेस्सीले थप दुई गोल थप्दै टोलीलाई फराकिलो जित दिलाए ।
खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ४५औं मिनेटमा मेस्सीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४७औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गरे । ७१औं मिनेटमा मेस्सीले व्यक्तिगत र टोलीका लागि चौथो गोल गरे । ७६औं मिनेटमा मेस्सीले पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
योसँगै अर्जेन्टिना ३३औं खेलसम्म अपराजित रहन सफल भएको छ । फाइनालिसिमामा इटालीलाई हराएर उपाधि जितेको प्रशिक्षक लियोनेल स्कोलानीले आफ्नो प्रशिक्षणमा ३३ खेलसम्म अपराजित रहेको कीर्तिमान बनाएको छ ।

