युनाइटेडको योजनामा धक्का, यी खेलाडीका लागि लिभरपुलले सबै रेकर्ड ब्रेक गर्ने !

एजेन्सी – युवा स्ट्राइकर डार्विन नुनेज भित्र्याउने प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई झड्का लागेको छ। नुनेजका लागि महँगो मूल्य पर्ने भएपछि ब्याक भएको भनिएको अर्को प्रिमियर लिग क्लब लिभरपुल जसरी पनि नुनेजलाई भित्र्याउन लागिपरेपछि युनाइटेडलाई झड्का लागेको हो।

नुनेज गएको कयौं महिना देखि युनाइटेड र लिभरपुलको नजरमा छन्। दुवै क्लब नुनेजलाई भित्र्याउन चाहन्छन्। तर नुनेजका लागि बेन्फिकाले १ सय मिलियन युरो भन्दा बढी र् रकम माग गरेपछि लिभरपुल समस्यामा परेको थियो।

गएको केहि दिन देखि नुनेज भित्र्याउने दौडबाट लिभरपुल ब्याक भएको खबर समत आइरहेका थिए। बुधबार भने नुनेज भित्र्याउने दौडमा लिभरपुल पुनः फिर्ता भएको खबर आयो।

विभिन्न बेलायती मिडियाहरुका अनुसार लिभरपुल नुनेजका लागि १ सय मिलियन युरो सम्म तिर्न तयार छ। यति त्यस्तो भएको खण्डमा नुनेज लिभरपुलको इतिहाँसकै महँगा खेलाडी हुनेछन्।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप नुनेजका प्रशंसक समेत हुन्। क्लोपले च्याम्पियन्स लिगमा बेन्फिकाको सामना गर्दा देखि नै उनलाई नियालिरहेका थिए। त्यसबेला नै उनले नुनेजको खुलेर प्रशंसा गरेका थिए।

नुनेज दायाँ र बायाँ दुवै तर्फबाट खेल्न सक्छन्। च्याम्पियन्स लिगमा पनि उनले सन् २०२१-२२ को सिजनमा धेरै राम्रो गरेका थिए। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लिभरपुल विरुद्ध नै उनले दुई गोल गरेका थिए।

प्रकाशित : बुधबार, जेठ २५, २०७९१६:२८

बार्सिलोना मात्र होइन रियल पनि चाहन्थ्यो टोरेस भित्र्याउन, यति पटक गरेको थियो प्रयास !