बार्सिलोना मात्र होइन रियल पनि चाहन्थ्यो टोरेस भित्र्याउन, यति पटक गरेको थियो प्रयास !

एजेन्सी – बार्सिलोनाका फरवार्ड फेरान टोरेसले म्यानचेस्टर सिटीबाट क्याम्प नोउ जानु भन्दा अगाडी रियल म्याड्रिडको धेरै प्रस्ताव अस्विकार गरेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा टोरेसले रियलबाट आएका प्रस्ताव आफूले पटक-पटक अस्विकार गरेको खुलासा गरेका हुन्।

टोरेसका अनुसार बार्सिलोना पुग्नु भन्दा अगाडी रियलले उनलाई चार पटक भित्र्याउने प्रयास गरेको थियो। पछिल्लो पटक सन् २०१८ को विश्वकप लगतै रियलले आफूलाई भित्र्याउन खोजेको टोरेसको भनाई छ।

“पहिले मलाई रियल म्याड्रिडबाट धेरै अफर आएको थियो। तर म सानै थिएँ, त्यो रियल जाने समय थिएन। म्याड्रिडले मलाई ४ पटक साइन गर्न खोजेको थियो। अन्तिम पटक रसियामा भएको विश्वकप पछि प्रयास गरेको थियो। त्यसबेला म भ्यालेन्सियामा थिएँ। धेरै खेल्ने समय पाइन्छ भनेर म त्यहाँ बसेको थिएँ। मलाई लाग्छ मैले सहि निर्णय नै गरें होला।”,टोरेसले भने।

त्यस्तै टोरेसले प्रशिक्षक जाभी हर्नान्डेजका कारण आफू बार्सिलोना पुगेको पनि बताए। जाभीले आफ्ना योजनाहरु सुनाएपछि बार्सिलोना जाने निर्णय गरेको टोरेसको भनाई छ।

उनी भन्छन्,”पहिलो कुरा त बार्सिलोनामा सामेल हुनु नै ठूलो कुरा हो। त्यसमाथि जाभी हर्नान्डेजले बोलाउनु झनै ठूलो कुरा हो। जाभीले मलाई आफ्नो विचार र योजना बारे स्पष्ट पारेका थिए। त्यसैले गर्दा पनि मलाई बार्सिलोना आउने निर्णय गर्न सहज भयो।”

प्रकाशित : बुधबार, जेठ २५, २०७९१७:५३

लालिगा नछाड्ने योजनामा बेल, यो क्लबमा जान गरिरहेछन् मरिहत्ते !