लालिगा नछाड्ने योजनामा बेल, यो क्लबमा जान गरिरहेछन् मरिहत्ते !

एजेन्सी – गेटाफेका अध्यक्ष एन्जल टोरेस सान्चेजले आफ्नो क्लब रियल म्याड्रिड स्टार ग्यारेथ बेल भित्र्याउने दौडमा रहेको खुलासा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा सान्चेजले गेटाफे बेल भित्र्याउने दौडमा रहेको खुलासा गरेका हुन्।

सान्चेजले बेलका एजेन्टसँग कुराकानी समेत भएको बताए। उनका अनुसार बेलका एजेन्टहरुले बेल किन्न उनलाई आग्रह गरेका थिए। बेलका एजेन्टसँग आफ्नो हालसालै कुराकानी भएको सान्चेजको भनाई छ। बेलको तर्फबाट आएको प्रस्ताव बारे क्लबले गहन अध्ययन गरिरहेको सान्चेजले बताए।

“भर्खरै मैले ग्यारेथ बेलका प्रतिनिधिसँग कुराकानी गरे। उनीहरुले हामीलाई बेल प्रस्ताव गरेका छन्। हामीले यस सम्बन्धमा गेटाफे कोचिङ स्टाफ र खेलकुद व्यवस्थापनसँग कुराकानी गरिरहेका छौँ।”,सान्चेजले भने।

सान्चेजका अनुसार बेलले लालिगा छाडेर अन्यत्र जान चाहेका छैनन्। विशेषगरी बेल म्याड्रिडमै रहन चाहेका छन्। गेटाफे पनि म्याड्रिड भित्रै पर्ने क्लब हो। सोहि कारण बेलका एजेन्टले गेटाफेलाई सम्पर्क गरेको बुझिएको छ। सो सम्बन्धमा सान्चेजले स्पष्ट बताए।

उनले भने,”बिहान मैले बेलका प्रतिनिधिसँग कुरा गरें। उनले मलाई यो गर्न सम्भव छ भनेर बताए। मलाई जानकारी भएअनुसार बेलले म्याड्रिडमै रहन चाहेका छन्। हेर्दै जाउँ जे हुन्छ ? कुराकानी गरौँ, छलफल गरौँ।”

ग्यारेथ बेलको रियल म्याड्रिडको बसाई सकिसकेको छ। रियल म्याड्रिडमा रहेर सबै उपाधि जितिसकेका बेल अब फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। बेललाई भित्र्याउन अब कुनै पनि क्लबले रियललाई रकम तिर्नुपर्ने छैन।

प्रकाशित : बुधबार, जेठ २५, २०७९१८:२७

मानेका लागि बायर्नको अजिव प्रस्ताव, च्याम्पियन्स लिग जितेर बालोन डी’ओर हात पारे मात्रै बोनस !