मानेका लागि बायर्नको अजिव प्रस्ताव, च्याम्पियन्स लिग जितेर बालोन डी’ओर हात पारे मात्रै बोनस !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले जर्मन च्याम्पियन्स बायर्न म्युनिखको अफर अस्विकार गरेको छ। क्लबमा स्टार फरवार्ड साडियो मानेका लागि बायर्नले गरेको प्रस्ताव लिभरपुलले अस्विकार गरेको हो।

बायर्नको प्रस्ताव लिभरपुलले अस्विकार गरेको यो दोस्रो पटक हो। यस भन्दा अगाडी पनि लिभरपुलले बायर्नको तर्फबाट आएको प्रस्तावलाई अस्विकार गरेको थियो। त्यसबेला बायर्नले मानेका लागि २१ मिलियन पाउण्ड अफर गरेको थियो। त्यसबेला थप ४ मिलियन पाउण्ड बोनसको रुपमा दिन पनि बायर्न तयार थियो।

बायर्नले पछिल्लो प्रस्तावमा केहि रकम बढाएको छ। बायर्नको प्रस्ताव अनुसार मानेको ट्रान्सफर मूल्य ३० मिलियन पाउण्ड सम्म पुग्नेछ। ३० मिलियन पनि बोनस रकम सहित पुग्ने भएको बेलायती संचार माध्यमहरु बताउँछन्।

रोचक कुरा त के छ भने बायर्नबाट च्याम्पियन्स लिग जित्दै बालोन डी’ओर जितेको खण्डमा मात्रै लिभरपुलले बोनस पाउने प्रस्ताव बायर्नले गरेको छ। लिभरपुलले बायर्नको दोस्रो प्रस्ताव पनि अस्विकार गरिसकेको छ।

खबरमा आएअनुसार लिभरपुलले मानेका लागि साढे ४२ मिलियन पाउण्ड आशा गरेको छ। सो बराबरको रकम पाए मात्रै मानेलाई बिक्री गर्ने लिभरपुलको तयारी छ।

बायर्न म्युनिखले साडियो मानेलाई रोबर्ट लेवान्डोस्कीको सम्भावित विकल्पको रूपमा हेरेको छ। लिभरपुलमा मानेको सम्झौता सन् २०२३ सम्मका लागि मात्रै छ। मानेले लिभरपुल छाड्ने निर्णय गरिसकेका छन्। उता बायर्नका लेवान्डोस्कीले पनि क्लब छाड्ने निर्णय गरिसकेका छन्। लेवान्डोस्कीले सार्वजनिक रुपमै बायर्नमा आफ्नो कथा सकिएको घोषणा गरिसकेका छन्।

प्रकाशित : बुधबार, जेठ २५, २०७९२०:२८

बार्सिलोनालाई झड्का, डेम्बेलेलाई प्रिमियर लिग क्लबले उछिट्याउने भयो !