बार्सिलोनालाई झड्का, डेम्बेलेलाई प्रिमियर लिग क्लबले उछिट्याउने भयो !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फ्रेन्च विंगर उसमान डेम्बेलेलाई भित्र्याउने योजनामा रहेको पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई झड्का लागेको छ। फ्री ट्रान्सफरमा डेम्बेलेलाई भित्र्याउने पिएसजीको योजनामा धक्का पुगेको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार डेम्बेले भित्र्याउन पिएसजीले लामो समय देखि गर्दै आएको प्रयास खेर जाने भएको छ। पिएसजीले डेम्बेलेसँग गएको झन्डै एक वर्ष देखि कुराकानी गरिरहेको बताइन्छ। डेम्बेलेलाई फ्री ट्रान्सफरमा भित्र्याउन सकिनेमा पिएसजी ढुक्क थियो। तर डेम्बेले पिएसजी नजाने पक्का-पक्कि भएको फ्रेन्च मिडियाहरु बताउँछन्।

डेम्बेले चेल्सी जाने सम्भावना

डेम्बेले बार्सिलोना छाडेर चेल्सी जाने सम्भावना बढेको छ। चेल्सीका प्रशिक्षक थोमस टुचेलसँग काम गरिसकेका कारण डेम्बेले चेल्सी जाने सम्भावना देखिएको बेलायती मिडियाहरुको भनाई छ।

बार्सिलोना आउनु अगाडी डेम्बेले बोरुसिया डर्टमन्डमा थिए। प्रशिक्षक टुचेलसँग उनको राम्रो तालमेल मिलेको थियो। सन् २०१७ मा बोरुसिया डर्टमन्ड छाडेर डेम्बेले बार्सिलोना पुगे। डेम्बेलेलाई बार्सिलोनाले उच्च रकम तिरेर भित्र्याएको थियो। त्यसबेला डेम्बेलेका लागि बार्सिलोनाको १ सय ३५ मिलियन युरो खर्च भएको थियो।

चोटका कारण डेम्बेलेले बार्सिलोनाका लागि अपेक्षा गरिएजस्तो खेल्न नै सकेनन्। तर सन् २०२१-२२ को सिजनमा भने डेम्बेलेले सुधारिएको प्रदर्शन गरे। बार्सिलोनाले डेम्बेलेलाई क्लबमा अड्याउन विभिन्न प्रयासहरु गरिरहेको छ। यधपी आर्थिक समस्याका कारण बार्सिलोनालाई पर्न सम्म समस्या परिरहेको छ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९०९:४२

लुकाकुलाई लखेट्ने चेल्सीको योजना ! कहाँ पठाउन लागियो ?