बुध-शुक्र ग्रह मिलेर बन्दै ‘महालक्ष्मी’ योग, यी ३ राशिको चम्किनेछ भाग्य !

ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रहको अन्य ग्रहसँगको संयोगले सबै राशिका मानिसको जीवनमा प्रभाव पार्छ। अब जुन १८ मा बुध र शुक्र ग्रहको मिलन हुँदैछ। जुन १८ मा शुक्र ग्रह आफ्नो राशि वृष राशिमा प्रवेश गर्नेछ, जहाँ बुध ग्रह पहिले देखि नै विराजमान रहेको छ। यस्तो अवस्थामा दुबै ग्रहको संयोगले महालक्ष्मी योग बन्न लागेको छ।

शुक्र ग्रह विलास, धन, वैभव, रोमान्स, ऐश्वर्य आदिको कारक हो भने बुध ग्रहलाई बुद्धि, तर्क, संवाद, संचार र चतुराईको कारक मानिन्छ। जन्म कुण्डलीमा यी दुई ग्रहको उपस्थितिका कारण महालक्ष्मी योग बन्नेछ, जसले सबै राशिको जीवनमा प्रभाव पार्नेछ। ३ राशिका लागि यो योग निकै शुभ साबित हुनेछ। जान्नुहोस् यी ३ राशिको बारेमा….

मेष राशि 

ज्योतिष शास्त्रका अनुसार मेष राशिका व्यक्तिहरूमा यो योग दोस्रो स्थानमा बन्ने भएको छ। कुण्डलीको दोस्रो स्थानलाई धन र वाणी मानिन्छ। तसर्थ, यस्तो अवस्थामा, आकस्मिक धन प्राप्त हुन सक्छ। व्यापार व्यवसायमा लाभको सम्भावना छ। यस अवधिमा आर्थिक स्थितिमा सुधार आउनेछ। वाणीसँग सम्बन्धित काम गर्नेहरूलाई यस समयमा फाइदा हुनेछ।

कर्कट राशि 

बुध र शुक्रको मिलनबाट यस राशिका व्यक्तिलाई फाइदा हुनेछ। यो राशिको ११ औं घरमा महालक्ष्मी योग बन्नेछ। यसलाई नाफा र आयको घर भनिन्छ। त्यसैले यस अवधिमा यी व्यक्तिहरूको आम्दानी बढ्न सक्छ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। व्यापारमा लाभ मिल्न सक्छ। यस अवधिमा ठूलो सम्झौता हुने सम्भावना छ। महालक्ष्मी योगमा माता लक्ष्मीको कृपा रहनेछ।

सिंह राशि 

यस राशिमा दशम स्थानमा लक्ष्मीनारायण योग बन्नेछ। यो भाव काम र कार्यक्षेत्रको भाव हो। यस्तो अवस्थामा तपाईंले यस अवधिमा नयाँ कामको प्रस्ताव पाउन सक्नुहुन्छ। व्यापार व्यवसायमा लाभको सम्भावना छ। जागिर गरिरहनु भएको छ भने यस अवधिमा पदोन्नतिको सम्भावना छ। यस अवधिमा माता लक्ष्मीको कृपा रहनेछ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१२:५०

भोलि परेको निर्जला एकादशीको दिन गर्नुहोस् यस्ता उपाय, वर्षभर रहन्छ विष्णु जीको कृपा !