अबको १८ दिन मीन राशिमा रहन्छ मंगल, यी ४ राशिलाई मिल्नेछ अत्यन्त शुभ परिणाम !

मंगल ग्रहलाई भूमि, पराक्रम, सेना र ऊर्जाको कारक मानिन्छ। यस ग्रहलाई मेष र वृश्चिक राशिको स्वामित्व प्राप्त रहेको छ। यसलाई मकर राशिमा उच्च मानिन्छ भने कर्कट राशिमा दुर्बल मानिन्छ। मंगल ग्रह मे १७ देखि मीन राशिमा गोचर गरिरहेको छ र जुन २७ सम्म यो राशिमा रहनेछ। त्यसपछि आफ्नै स्वराशी मेष राशिमा प्रवेश गर्नेछ। ज्योतिषीहरूका अनुसार जुन २७ सम्म मंगल ग्रहले ४ राशिको भाग्य चम्काउनेछ।

वृष राशि 

मीन राशिमा मंगलको गोचर यस राशिका व्यक्तिका लागि शुभ रहनेछ। कार्यस्थलमा इच्छित परिणाम प्राप्त हुनेछ। जागिर र व्यापारमा प्रशस्त लाभ मिल्नेछ। आर्थिक पक्ष निकै मजबूत रहनेछ। वैदेशिक यात्राको सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ।

तुला राशि 

यो राशिका व्यक्तिहरुको आर्थिक अवस्था निकै राम्रो रहनेछ। भाग्यले सबै कुरामा साथ दिनेछ। यस गोचरको परिणाम स्वरूप तपाईंले राम्रो नाफा कमाउन सक्षम हुनुहुनेछ। एकभन्दा बढी माध्यमबाट पैसा प्राप्त गर्न सकिनेछ। व्यवसायमा विस्तार गर्न सकिनेछ।

मकर राशि 

यस राशिका मानिसहरुका लागि मंगल ग्रहको गोचर राम्रो साबित हुनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। नयाँ कामको थालनीका लागि समय राम्रो छ। रोकिएका काम पुरा हुनेछन्। विगतमा गरेको लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ।

मीन राशि 

यसै राशिमा मंगल गोचर हुने भएकाले यो राशिका मानिसहरुका लागि यो गोचर उत्तम साबित हुनेछ। आर्थिक अवस्था पहिलेको भन्दा राम्रो हुने देखिन्छ। काममा इच्छित परिणाम प्राप्त हुनेछ। व्यवसायीहरुका लागि सुनौलो अवसर छ। मिहिनेतको पूर्ण फल मिल्नेछ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१४:५०

अत्यन्त भाग्यमानी महिलाको शरीरमा मात्र हुन्छन् यस्ता निशान, तपाईंको शरीरमा पनि छ कि ?