“म मेस्सी-रोनाल्डो जत्तिकै उत्कृष्ट हुनसक्थें, तर मैले रक्सी खाएर आनन्द लिए उनीहरुले पाएनन्”

वेस्ली स्नाइडरले आफू लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जत्तिकै राम्रो हुन सक्ने दाबी गरेका छन् तर उनले “केही त्यस्तो महसुस गरेनन्” र वाइन पिउन रुचाए।

२०१० मा, स्नाइडरले विश्वको उत्कृष्ट खेलाडी भएको दाबी गरेका थिए, किनभने जोसे मोरिन्होको ट्रेबल विजेता इन्टर मिलानमा उनी प्रमुख व्यक्ति थिए, त्यसपछि सोही गर्मीमा विश्वकपको फाइनल सम्म नेदरल्याण्डको दौडमा पाँच महत्त्वपूर्ण गोल गरेका थिए। तर ब्यालोन डी ओर दौडमा भने उनी बार्सिलोनाका ट्रियो लियोनल मेस्सी, आन्द्रेस इनिएस्टा र जाभी भन्दा पछाडी चौंथो स्थानमा रहेका थिए।

तर स्नाइडर विश्वास गर्छन् कि उनी अर्जेन्टिनाका स्टार – र उनका प्रतिद्वन्द्वी रोनाल्डो जत्तिकै प्रतिभाशाली हुनको लागि पर्याप्त थिए – यदि उनले आफ्नो जीवनलाई त्यति रमाइलो नगरेको भए। “म मेस्सी वा रोनाल्डो जस्तो बन्न सक्थें। मलाई त्यस्तो केही महशुस हुँदैन,” उनले जियानलुका डि मार्जियोलाई भने।

“मैले मेरो जीवनको आनन्द उठाएँ, सायद मैले डिनरमा एक गिलास [वाइन] खाएँ। लियो र क्रिस्टियानो फरक छन्, उनीहरूले धेरै त्यागहरू गरेका छन्। र यो मेरो लागि ठीक छ, मेरो क्यारियर अझै पनि अद्भुत थियो,” उनले थपे।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१६:२८

लिभरपुलले नाकमुनिबाट लग्यो नुनेज, म्यानचेस्टर युनाइटेडको हाल ‘हिस्स बुढी हरिया दाँत’