रोनाल्डोको गोल बिना नै बाघ रह्यो पोर्चुगल, अपराजित यात्रा कायमै !

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप २ मा पोर्चुगलले सहज जित निकालेको छ । अपराजित रहेको पोर्चुगलले घरेलु मैदानमा चेक रिपब्लिकलाई २–० ले पराजित गरेको हो ।

लिस्वनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा जोओ क्यान्सेलो र गोन्कालो गुइडेसले गोल गरे । दुवै गोल पहिलो हाफमा ६ मिनेटको अन्तरमा भएको थियो ।

पाहुना टोलीविरुद्ध खेलको सुरुवातदेखि नै हावी रहेको पोर्चुगलले ३३औं मिनेटमा जोओ क्यान्सेलोको गोलबाट अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गर्न सफल भएका थिए । त्यासको पाँच मिनेटपछि सिल्भाकै पासमा गोन्कालो गुइडेसले गोल गर्दै पोर्चुगलको अग्ता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पोर्चुगल विजयी हुन सफल भयो । यो जितसँगै अपराजित रहेको पोर्चुगल ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । यसअघि स्पेनसँग बराबरी खेलेको पोर्चुगलले स्वीट्जरल्यान्डलाई हराएको थियो ।

पराजित चेक रिपब्लिक ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । स्पेन ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले अंकको खाता दोल्न सकेको छैन ।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१०:४०

हालाण्डको समेत केहि लागेन, चट्टान सावित भए जान ओब्लाक !