के पोचेटिनोले पिएसजीबाट बिदा मागेका हुन् ?

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्न सक्ने खबर बाहिरिएको छ। विभिन्न फ्रेन्च मिडियाहरुले पोचेटिनोले आउने केहि दिन भित्रै पिएसजी छाड्ने खबर बाहिर ल्याएका हुन्।

फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीका उच्च अधिकारी र पोचेटिनो बीच छिट्टै नै छलफल हुँदैछ। सो छलफल पश्चात पोचेटिनो पिएसजीमा नरहने फ्रेन्च मिडियाहरुको दावी छ। पिएसजीले खेलकुद निर्देशक लियोनार्डोलाई हटाइसकेका कारण पोचेटिनोले पनि क्लब छाड्न सक्ने सम्भावना रहेको बताइन्छ।

ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोका अनुसार पोचेटिनो र पिएसजीका अधिकारीहरु बीच आज छलफल हुँदैछ। सो छलफलले पोचेटिनोको टुंगो लगाउनेछ। तर बाहिर आएका जानकारीहरु अनुसार पोचेटिनोले क्लब छाड्ने नै देखिन्छ।

पोचेटिनोले बिदा मागेका हुन् ?

पोचेटिनोले सामाजिक संजाल इन्स्टाग्राममा केहि तस्विरहरु राखेका छन्। इन्स्टाग्राममा उनले पिएसजीको तर्फबाट खेल्दा देखि प्रशिक्षक भएर लिग वान उपाधि जितेको सम्म तस्विरहरु राखेका छन्। सो तस्विरहरुले पनि पोचेटिनोले पिएसजी छाड्न लागेको संकेत गरेको बुझिएको छ।

पिएसजीमा पोचेटिनोको सम्झौता सन् २०२३ सम्मका लागि छ। अहिले नै उनलाई हटाउनु परेको खण्डमा पिएसजीले १० मिलियन युरो खर्च गर्नुपर्नेछ। सो रकम पिएसजीले पोचेटिनोलाई तिर्नुपर्नेछ।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१२:०६

अलपत्र पोग्बाले भेटे क्लब, केहि दिनमै सम्झौता !