कुहिएको स्याउ बन्ने संघारमा लुकाकु !

एजेन्सी – गत समर ट्रान्सफर विन्डोको हाइलाइटमा बेल्जियन फरवार्ड रोमेलु लुकाकु थिए। इटालियन क्लब इन्टर मिलानलाई सिरी ‘ए’ दिलाएपछि लुकाकु नयाँ चुनौतीका लागि प्रिमियर लिग क्लब चेल्सी पुगे।

चेल्सी जानु अगाडी उनले सन् २०२०-२१ को सिजनमा इन्टर मिलनका लागि कुल ४४ खेल खेल्दा ३० गोल गरेका थिए। साथै उनको नाममा १० असिस्ट पनि थिए। सिरी ‘ए’मा मात्रै उनले २४ गोल गरेका थिए। उनी त्यसबेला सिरी ‘ए’कै उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए।

इन्टरमा उच्च प्रदर्शन गरिरहेका लुकाकुलाई चेल्सीले धेरै अपेक्षा राखेर भित्र्याएको थियो। लुकाकुलाई चेल्सीको ९७ मिलियन पाउण्ड खर्च भएको थियो। तर लुकाकुले चेल्सीमा खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

सन् २०२१-२२ को सिजनभर उनी चेल्सीका लागि कुल ४४ खेल खेले। जसमा उनले १५ गोल गर्दा २ असिस्ट दिए। खासमा भन्नुपर्दा लुकाकुको चेल्सीमा प्रदर्शन धेरै नै फितलो रह्यो।

महँगो मूल्यमा किनेर ल्याएका लुकाकुले राम्रो प्रदर्शन गर्न नसक्दा चेल्सीलाई पर्न सम्म पिर परेको छ। चेल्सी यति बेला लुकाकुलाई बिक्री गर्ने अवस्थामा पुगेको छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार खेइ घाटा खाएर भएपनि लुकाकुलाई बिक्री गर्ने चेल्सीको योजना छ।

चेल्सीले लुकाकुलाई किन बिक्री गर्ने ?

भन्ने नै हो भने लुकाकु प्रशिक्षक थोमस टुचेलको खेल शैलीमा अभ्यस्त हुन नै सकिरहेका छैनन्। चेल्सी आएपछि कम्जोर सावित हुनु यो नै मुख्य कारण हो। लुकाकुलाई पनि टुचेलको खेल शैली मन परिरहेको छैन। लुकाकुले यस बारे सार्वजनिक रुपमै मुख खोलिसकेका छन्। चेल्सीले टुचेललाई दिर्घकालिन योजनाको जिम्मेवारी दिन खोजिरहेका कारण चेल्सीले लुकाकुलाई बिक्री गर्दा नै हुन्छ।

त्यस्तै स्पेनिस मिडिया मार्काको भनाईलाई मान्ने हो भने लुकाकु चेल्सीको स्क्वाडमा कुहिएको स्याउ बन्ने संघारमा छन्। चेल्सीका अन्य खेलाडीहरुसँग उनको सम्बन्ध त्यति राम्रो नरहेको बताइन्छ। टुचेल विरुद्ध अन्तर्वार्तामा बोलेपछि उनलाई चेल्सीका अन्य खेलाडीहरुले त्यति राम्रो नजरले हेर्दैनन्। क्लबको स्क्वाडबाट नकारात्मक प्रभाव हटाउनको लागि पनि चेल्सीले लुकाकुलाई बेच्न पर्ने मार्कको विश्लेषण छ।

त्यस्तै लुकाकुको बहिर्गमनले क्लबमा नयाँ स्ट्राइकर ल्याउने बाटो पनि खुल्नेछ। लुकाकुलाई बिक्री गर्न सकेको खण्डमा चेल्सीलाई फाइदा नै फाइदा हुनेछ। पहिलो कुरा त चेल्सीलाई आर्थिक रुपमा लाभ हुनेछ भने नयाँ स्ट्राइकर भित्र्याउन सहज हुनेछ।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१२:३२

लापोर्टा भन्छन् – ‘हामी आउँदा बार्सिलोना मरिसकेको थियो, तर अहिले आईसीयूमा छ’