बार्सिलोना गएर रियलसँग बदला लिने दाउमा रियलका यी खेलाडी !

एजेन्सी – स्पेनिस अन्तर्राष्ट्रिय मिडफिल्डर इस्को अल्कारोन बार्सिलोना जान सक्ने सम्भावना देखिएको स्पेनिस मिडियाहरुले बताएका छन्। रियल म्याड्रिड छाड्ने पक्का भइसकेका इस्को समर ट्रान्सफर विन्डोमा बार्सिलोना जाने सक्ने भएका हुन्।

रियल र इस्को बीचको सम्झौता नवीकरण नहुने पक्का भइसकेको छ। रियलबाट बिदा हुने भएपछि यति बेला उनी नयाँ क्लबको खोजिमा छन्। उनी सकेसम्म लालिगामै रहने सोचमा रहेको बताइन्छ।

इस्कोले रियलको प्रतिद्वन्दी क्लब बार्सिलोना जान समेत इच्छुक रहेको स्पेनिस मिडियाहरु बताउँछन्। खबरकका अनुसार गएको केहि सिजन देखि रियलमा खासै मौका पाउन नसकिरहेका उनी बार्सिलोना गएर रियलसँग बदला लिने पक्षमा छन्।

च्याम्पियन्स लिग विजेताले इस्कोले रियल म्याड्रिड समर्थकसँग बिदा मागिसकेका छन्। इस्कोका एजेन्ट जोर्गे मेन्डेसले बार्सिलोनासँग कुराकानी समेत गर्ने तयारी गरेको एल नासियोनलले जनाएको छ। इस्कोले रियल म्याड्रिडका प्रबन्धक कार्लो एन्सेलोटी र अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग पछिल्ला केही महिनामा गरेको व्यवहारको बदला लिन खोजिरहेको बताइएको छ।

इस्को फ्री ट्रान्सफरमा उपलब्ध हुने भएपनि उनलाई भित्र्याउन बार्सिलोना त्यति इच्छुक देखिँदैन। बरु उनलाई लालिगा क्लब सेभिया र रियल बेटिसले भने भित्र्याउन चाहेका छन्।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१३:३२

मेस्सीले हावा खाएको सिजन रोनाल्डो परे ‘पीएफए टिम अफ द सिजन’ मा !