मेस्सीले हावा खाएको सिजन रोनाल्डो परे ‘पीएफए टिम अफ द सिजन’ मा !

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको प्रतिद्वन्दता हरेक फुटबल समर्थकलाई थाहा भएकै कुरा हो। पछिल्लो एक दशक भन्दा लामो समयबाट फुटबल क्षेत्रमा एकक्षेत्र राज गर्दै आएका यी दुई स्टारका लागि पछिल्ला केही वर्ष भने अपेक्षा अनुसार गएन।

गत समरमा बार्सिलोना र युभेन्टस छाडेर क्रमशः पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेड पुगेका मेस्सी र रोनाल्डोका लागि गत सिजन त्यति सुखद रहेन। मेस्सीले फ्रेन्च लिग उपाधि जितेपनि चोट तथा कोभिडसँगको संघर्षका कारण मात्र ६ लिग गोल गर्न सफल भए भने च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएका थिए। त्यस्तै, रोनाल्डोका लागि भने व्यक्तिगत रूपमा सफल सिजन रहेपनि सामूहिक रूपमा हेर्ने हो भने निकै खराब सिजन रह्यो। ३७ वर्षीय स्टारले लिगमा १८ गोल गरेपनि युनाइटेड प्रिमियर लिगको छैठौं स्थानमा मात्र सिमित रह्यो।

यसैबीच, निकै खराब सिजनका कारण नै आफ्नो पहिलो सिजनमा मेस्सीले फ्रेन्च लिगको ‘टिम अफ द इयर’ मा आफ्नो नाम बनाउन सफल भएनन्। अर्कोतर्फ, म्यानचेस्टर युनाइटेड राम्रो प्रदर्शन गर्न नसकेपनि टोलीलाई एक्लै सम्हाल्दै १८ लिग गोल गरेका रोनाल्डो भने प्रिमियर लिगले हालै मात्र घोषणा गरेको ‘पीएफए टिम अफ द सिजन’ मा पर्न सफल भएका छन्।

रोनाल्डोले लिगमा १८ गोल गरेका थिए भने तीन असिस्ट गरेका थिए। पोर्चुगिज स्ट्राइकरभन्दा सन ह्युङ मिन र मो सलाह (२३)ले मात्र बढी गोल गरेका थिए। टोलीमा लिभरपुलका ६, म्यानचेस्टर सिटीका तीन, चेल्सीका एक खेलाडी र रोनाल्डो रहेका छन्।

पूर्ण ११ (४-३-३): एलिसन; ट्रेन्ट अलेक्जेंडर-अर्नोल्ड, भर्जिल भ्यान डाइक, एन्टोनियो रुडिगर, जोआओ क्यान्सेलो; थियागो, बर्नार्डो सिल्भा, केभिन डे ब्रुइन; मो सलाह, साडियो माने, क्रिस्टियानो रोनाल्डो।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१४:२७

ब्राजिलियन फरवार्डका लागि चेल्सी र पिएसजी बीच प्रतिष्पर्धा, मूल्य सुन्दा लाग्न सक्छ अचम्म !