काठमाडौँ – गायिका इन्दिरा जोशीले जेठ ३१ गते मंगलबार विवाह गर्दैछिन्। प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जोशी विवाह सम्बन्धमा बाँधिन लागेकी हुन्।
यसै बीच जोशीले सामाजिक सञ्जालमार्फत् मेहन्दीका तस्बिरहरू सार्वजनिक गरेकी छिन्। सोमबार बिहान उनले मेहन्दीका तस्बिरहरू सार्वजनिक गरेकी हुन्। सार्वजनिक तस्विरहरुमा इन्दिरा गुलाबी रंगको सारीमा देखिएकी छन्।
“मेरो बगैंचामा हल्दी लगाएँ। मेरो परिवारका सदस्यहरूको उपस्थितिमा यस समारोहलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौं। हल्दी समारोह साँच्चै राम्रो भयो। तपाईंको शुभकामना र आशीर्वादको लागि सबैलाई धन्यवाद!”,तस्विर सार्वजनिक गर्दै जोशीले इन्स्टाग्राममा लेखेकी छन्।
आइतबार मात्रै जोशीले इन्स्टाग्राम मार्फत जेठ ३१ गते विवाह गर्न लागेको बताएकी थिइन्। इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी दिएकी हुन्।
उनले लेखेकी थिइन्,”भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं। यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु।”