यी ७ चर्चित कलाकार, जसले विभिन्न कारणले गर्दा दोस्रो विवाह गर्न बाध्य भए !

बलिउडमा जस्तै नेपालका धेरै कलाकारले आफ्नो पहिलो विवाहलाई टिकाउन नसकेर दोस्रो विवाह गरेका छन् । केही कलाकारले आफ्नो जीवन साथी गुमाएर दोस्रो विवाह गरे भने केहीले आफ्नो पार्टनरसँग केही विषयमा भएको विवाद मिल्न नसक्दा दोस्रो विवाह गरेका छन् । यस प्रकार छन् नेपालका कलाकार जसले विभिन्न कारणले दोस्रो विवाह गरेका छन् ।

मनोज गजुरेल 

हास्यकलाकार मनोज गजुरेल पनि  अहिले दोस्रो विवाहमा रमाइरहेका छन् । कलाकार मनोजले पहिलो पत्नी मिना ढाकालसँगको सम्बन्ध विच्छेद भएको केही समयपछि न्याय सेवाकी अधिकृत मञ्जु पोखरेललाई दोस्रो विवाह गरेका हुन् । केही समय अगाडि मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै दोस्रो विवाह गरेको जानकारी गराएका थिए ।

अञ्जु पन्त

नेपाली संगीत क्षेत्रकी चर्चित गायिका अञ्जु पन्तले पनि केही समय पहिले अमेरिका बस्दै आएका थिर कोइरालासँग दिस्रो विवाह गरेकी हुन् । गायिकाको पहिलो विवाहबाट एक सन्तानलाई जन्म दिएकी छिन् । गायिका अगाडि रोजेकी छिन् । अञ्जु पन्तको पहिलो विवाह गायक तथा सङ्गीतकार मनोजराज शिवाकोटीसँग विवाह भएको थियो । अहिले गायिकाले सम्बन्ध विच्छेद भएको करिब १० वर्षपछि दिस्रो विवाह गरेकी हुन् ।

प्रियंका कार्की

हाल अभिनेत्री आफ्नो दाम्पत्य जीवनमा रमाई रहेकी छिन् तर अभिनेत्री प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रो विवाह गरेकी हुन् । यस भन्दा पहिले नै अभिनेत्री प्रियंकाले अमेरिका बस्ने रोचक मैनालीसँग विवाह गरेकी थिइन् । तर उनको दाम्पत्य जीवन लामो समयसम्म टिक्न सकेन अन्तत: उनीहरुको सम्बन्ध विच्छेद भएको थियो ।

रेखा थापा

नेपाली चलचित्र क्षेत्रमा एक खलनायकको भूमिका निभाएकी अभिनेत्री रेखा थापा हालै उनले दोस्रो विवाह गरेको खबरले चर्चामा छिन् । अभिनेत्री रेखाले अमेरिका बस्दै आएका बलराम शाही ठकुरीसँग कोट म्यारिज गरेकी छिन् । अभिनेत्रीले आफ्नी विवाहलाई गोप्य राख्दै आए पनि केही दिन पहिले अभिनेत्रीको विवाहको खबरले सामाजिक सञ्जाल तताएको थियो । यस भन्दा पहिले अभिनेत्रीले फिल्म निर्माता निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । तर उनको सम्बन्ध निर्माता छविराजसँग लामो समय टिक्न सकेन ।

श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले पहिलो विवाह चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग गरेकी थिइन् । तर विवाह गरेको केही समयमा नै अभिनेता श्री को स्वास्थ्यमा समस्या आएर उनको भारतमा उपचारको क्रममा निधन भएको थियो । त्यसको केही वर्षपछि अभिनेत्री श्वेता खड्काले धनगडीका विजयन्द्र शाहीसँग विवाह गरेकी हुन् ।

निखिल उप्रेती

कुनै समयमा युवा पुस्ताको मनमा एक छत्र राजा गर्न सफल अभिनेता निखिल उप्रेतीले पनि दोस्रो विवाह गरेका हुन् । उनको पहिलो विवाह कोपिला उप्रेतीसँग गरेका थिए । निखिलको पहिलो विवाहबाट एक सन्तान पनि छ । निखिलले आफ्नी पहिलो पत्नीसँग सम्बन्ध विच्छेद नगरी अभिनेत्री सञ्चिता लुइटेलसँग दोस्रो विवाह गरेका हुन् । अहिले अभिनेताको दोस्रो विवाहबाट दुई सन्तान छन् । केही समय पहिले मात्र पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका निखिलले सम्बन्ध विच्छेदको लागि ठूलो धनराशी खर्च गरेको खबरले निकै चर्चा पाएको थियो ।

भुवन केसी

नेपाली चलचित्र क्षेत्रका सदाबहार अभिनेता भुवन कसीले पनि दुई विवाह गरेका हुन् । अभिनेता अनमोल केसी भुवनको दोस्रो पत्नीको सन्तान हुन् । अभिनेत्री सुस्मिता बमजन भुवन केसीको दोस्रो पत्नी हुन् । अहिले अभिनेता भुवन केसीको दोस्रो पत्नी सुस्मिता बमजनसँग पनि सम्बन्ध विच्छेद भैसकेको छ ।

प्रकाशित : शनिबार, असार ०४, २०७९१७:००

बलिउड अभिनेत्रीहरुलाई नै आउँदैन राम्रोसँग हिन्दी बोल्न !