इटाली विरुद्ध जर्मनीको ताण्डव !

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ मा जर्मनीले इटालीमाथि सानदार जित निकालेको छ । जर्मनीले घरेलु मैदानमा इटालीलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा मंगलबार राति भएको खेलमा जर्मनीको फराकिलो जितमा टिमो वेर्नरले दुई तथा योसुवा किम्मिख, इल्केए गुन्डोगान र थोमस मुलरले गोल गरे । इटालीका डेगनान्ड वेलफ्रेड नोन्टो र एलेसान्द्रो बास्टोलीले गोल फर्काए ।

खेलको १०औं मिनेटमा योसुवा किम्मिखको गोलबाट घरेलु टोली जर्मनीले सुरुवाती अग्रता लिएको थियो । उनले डेभिड राअमको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा इल्केए गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।

५१औं मिनेटमा थोमस मुलरले गोल गरेपछि घरेलु टोली खेलमा ३–० ले अघि बढ्यो । त्यसपछि टिमो वेर्नरले दुई मिनेटमो अन्तरमा दुई गोल गर्दै टोलीलाई फराकिलो जिजतर्फ अग्रसर गराए । ६८औं मिनेटमा वेर्नरले सर्ज जिनाब्रीको पासमा गोल गर्दा त्यसको एक मिनेटपछि वेर्नरले जिनाब्रीको पासमा गोल गरेपछि जर्मनीले खेलमा ५–० को आरामदायी अग्रता लिन सफल भयो ।

७८औं मिनेटमा डेगनान्ट नोन्टोले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । उनले फेडरिको डिमार्काेको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फेडरिको डिमार्काेकै पासमा एलेसान्द्रो बास्टोनीले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याएपनि इटाली पराजित हुन पुग्यो ।

यस्तै जर्मनी सन् १९५७ पछि इटालीलाई ५ गोल गर्ने पहिलो टोली बनेको छ । त्यतिबेला इटालीले सेन्ट्रल युरोपियन इन्टरनेसनल कपमा युगोस्लाभियासँग ६–१ को हार बेहोरेको थियो ।

यो नजिताले जर्मनी ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको हंगेरीको ७ तथा पुछारको इंग्ल्यान्डको २ अंक छ ।

प्रकाशित : बुधबार, असार ०१, २०७९०८:३१

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार