डेम्बेलेमा गरेको लगानी त्यसै खेर जाने भयो, डुब्ने भयो बार्सिलोना !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई फ्रेन्च फरवार्ड ओस्मान डेम्बेलेका कारण नराम्रो घाटा लाग्ने भएको छ। डेम्बेले सित्तैमा बार्सिलोनाबाट बाहिरिने भएसँगै बार्सिलोनालै आर्थिक रुपमा नराम्रो घाटा लाग्ने भएको हो।

बार्सिलोनाले सन् २०१७ मा बोरुसिया डर्टमन्डबाट डेम्बेलेलाई उच्च रकम तिरेर भित्र्याएको थियो। त्यसबेला डेम्बेलेका लागि बार्सिलोनाको १ सय ३५ मिलियन युरो खर्च भएको थियो। भन्ने नै हो भने त्यत्रो रकम तिरेर ल्याएको डेम्बेले बार्सिलोनालाई खासै काम नै लागेनन्। चोटका कारण डेम्बेलेले बार्सिलोनाका लागि अपेक्षा गरिएजस्तो खेल्न नै सकेनन्।

डेम्बेले अधिकांश समय मैदान बाहिर रहे। डेम्बेलेको बार्सिलोना सम्झौता यस सिजनको अन्त्य सम्मका लागि मात्रै छ। डेम्बेले यस वर्षको जुलाई पछि फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। त्यसपछि उनी विश्वको जुनै सुकै क्लबमा पनि सित्तैमा जान पाउनेछन्। हालको अवस्थामै उनले अग्रिम सम्झौता गर्न पाउने पाउँछन्।

विभिन्न स्पेनिस मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने डेम्बेले बार्सिलोनामा रहने सम्भावना छैन। डेम्बेले जसरी पनि बार्सिलोना छाड्ने मुडमा देखिएको स्पेनिस मिडियाहरुको दावी छ।

बार्सिलोनाको तर्फबाट भएको पारिश्रमिक प्रस्ताव डेम्बेलेलाई चित्त बुझिरहेको छैन र बार्सिलोना उच्च पारिश्रमिक दिन सकने अवस्थामा छैन। यस्तोमा चरम आर्थिक संकटसँग झुधिरहेको बार्सिलोनाले डेम्बेलेलाई क्लबमा अड्याउन सक्ने कमै सम्भावना छ।

प्रकाशित : बुधबार, असार ०१, २०७९१३:२८

म: म खाँदा एकको गयो ज्यान, यस्तो रहेछ कारण !