आफूलाई फुटबल जगतमा आउन प्रेरित गर्ने खेलाडी बारे बोले सलाह, को हुन् त ?

लिभरपुलका स्टार मोहम्मद सलाहले आफ्नो फुटबल करियरको सुरुवातमा आफूलाई सबैभन्दा बढी प्रेरित गर्ने तीन खेलाडीको खुलासा गरेका छन्। २९ वर्षीय सलाह क्लबमा रहँदा थुप्रै कीर्तिमान तोडेर प्रिमियर लिग र युइएफए च्याम्पियन्स लिग जितेर एनफिल्ड हिरो बनेका छन्।

इजिप्टियन स्टार गत सिजन रेड्सका लागि आकर्षक लयमा थिए, ५१ खेल खेल्दै, ३१ गोल गरेका थिए भने थप १६ गोलमा असिस्ट पनि प्रदान गरेका थिए। लिभरपुलका लागि उनको प्रभावशाली सिजनले उनलाई पीएफए प्लेयर अफ द इयर अवार्ड जित्न मद्दत गर्यो। अवार्ड समारोहमा, जब उनले फुटबल जगतमा प्रवेश गर्दा कुन फुटबलरहरूलाई फलो गरे भनेर सोध्दा, उनले जवाफ दिए (लिभरपूल इको मार्फत):

“मलाई (फ्रान्सेस्को) टोट्टी, ब्राजिलियन रोनाल्डो र (जिनेदिन) जिदानलाई निकै मन पर्थ्यो। यी तीनजना बेस्ट थिए।” रेड्स स्टारलाई यो पनि सोधिएको थियो कि कुन व्यक्तिगत सम्मान जितेर आफ्नो करियर समाप्त गर्न चाहन्छन्, जसमा उनले जवाफ दिए: “ब्यालोन डी’ओर।”

२९ वर्षीया पूर्व रोमा स्टार अहिले २०२२ ब्यालोन डी’ओर दाबी गर्न अग्रपंक्तिमा छन् तर करिम बेन्जेमाले यस उपाधि जित्ने पक्का-पक्कि जस्तै रहेको छ।

प्रकाशित : बुधबार, असार ०१, २०७९१४:३१

“मेस्सी योद्धा होइनन्, सर्वोत्कृष्ट तीनमा पर्दैनन्”