माने र बायर्न बीच मौखिक सहमति भइसकेको खुलासा !

एजेन्सी – लिभरपुलका स्टार फरवार्ड साडियो मानेले प्रिमियर लिग छाड्ने लगभग पक्का भएको छ। माने र जर्मन च्याम्पियन्स बायर्न म्युनिख बीच मौखिक सहमति भएसँगै उनले लिभरपुल छाड्ने पक्का भएको हो।

आउने केहि दिन भित्रै मानेको विषयमा लिभरपुल र बायर्न बीच सम्झौता हुने बताइन्छ। चर्चित ट्रान्सफर मार्केटक जानकार फाब्रिजियो रोमानोका अनुसार माने र बायर्न बीच सहमति भइसकेको छ।

दुई पक्ष बीच पारिश्रमिक देखि कति वर्षको सम्झौता हुने भन्ने विषयमा सहमति भइसकेको रोमानो बताउँछन्। अब बाँकी भनेको लिभरपुल र बायर्न बीचको सहमति मात्रै हो।

बायर्नले मानेका लागि यस अगाडी लिभरपुललाई दुई पटक सम्पर्क गरिसकेको छ। तर दुवै पटक लिभरपुलले बायर्नको प्रस्तावलाई अस्विकार गरेको थियो। मानेका लागि लिभरपुलले ४०-४५ मिलियन युरोको अपेक्षा गरेको छ। तर बायर्नले ३० मिलियन युरो भन्दा पनि कम रकम प्रस्ताव गरेपछि लिभरपुल बिच्किएको थियो।

मानेका लागि निर्णायक प्रस्ताव लिभरपुल समक्ष राख्ने तयारीमा बायर्न रहेको बताइन्छ। लिभरपुलले दुई प्रस्ताव अस्विकार गरिसकेको अवस्थालाई मध्यनजर गर्दै बायर्नले नयाँ प्रस्ताव लैजाने तयारी गरेको हो।

सबै ठीक गएको खण्डमा लिभरपुल र बायर्न एक साता भित्रै सहमतिमा पुग्न सक्ने जर्मन मिडियाहरु बताउँछन्। प्रकाशमा आएअनुसार बायर्न मानेका लागि ४० मिलियन युरो तिर्न तयार भएको छ।

प्रकाशित : बुधबार, असार ०१, २०७९१६:३७

ट्रान्सफर बजारमा लिभरपुलले झड्का दिएपछि युनाइटेड यता मोडियो !