ट्रान्सफर बजारमा लिभरपुलले झड्का दिएपछि युनाइटेड यता मोडियो !

एजेन्सी – गत सिजन अत्यन्तै कम्जोर प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेड आगामी सिजनका लागि अहिले देखि तयारीमा जुटिरहेको छ। युनाइटेडले नयाँ सिजनका लागि विभिन्न खेलाडीहरु भित्र्याउन चाहेको छ।

युनाइटेड अहिले ट्रान्सफर बजारमा धेरै नै सकिय छ। तर पनि युनाइटेड ट्रान्सफर बजारमा त्यति सफल भने हुन सकिरहेको छैन। युनाइटेडले केहि समय अगाडी लोर्चुगिज क्लब बेन्फिकाका उरुग्वेली युवा स्टार डार्विन नुनेजलाई भित्र्याउने प्रयास गरेको थियो।

तर युनाइटेडको सो प्रयासमा लिभरपुल बाधक बनेको थियो। नुनेजले लिभरपुलसँग सम्झौता गरिसकेका छन्। युनाइटेडको तर्फबाट आएको प्रस्तावलाई अस्विकार गर्दै नुनेज लिभरपुलमा अनुवन्धित भएका हुन्।

नुनेज फुत्किएपछि युनाइटेड यति बेला पोर्चुगिज क्लबका अर्का एक खेलाडी भित्र्याउने प्रयासमा जुटेको छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार युनाइटेड डच क्लब आयक्सका विंगर एन्टोनीलाई भित्र्याउने तयारीमा जुटेको हो।

एन्टोनी युनाइटेडका नवनियुक्त प्रशिक्षक एरिक टेन ह्यागको उच्च प्राथमिकतामा रहेका छन्। आयक्समा हुँदा ह्यागले एन्टोनीको राम्रो साथ पाएका थिए। आयक्समा एन्टोनी ह्यागका भरपर्दा खेलाडी थिए।

सन् २०२० मा ब्राजिलियन क्लब साओ पाउलोबाट १४ मिलियन डलरमा आयक्स आएयता उनी धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। सन् २०२१-२२ को सिजनमा आयक्सका लागि उनले कुल ३३ खेल खेलेका थिए। जसमा उनले १२ गोल गरेका थिए भने उनले १० असिस्ट दिएका थिए। आयक्सबाट उनले सन् २०२१-२२ को सिजनको अन्त्य सम्म कुल ७९ खेल खेलेका छन्।

नुनेजलाई भित्र्याउन राम्रै प्रयास गरेपनि युनाइटेड असफल रह्यो। नुनेजले युनाइटेडको स्थानमा लिभरपुललाई रोजे। तर अब युनाइटेड एन्टोनीलाई भने कुनै हालतमा फुत्किन दिने पक्षमा छैन। प्रशिक्षक ह्यागका कारण पनि एन्टोनी युनाइटेड जान सक्ने उच्च सम्भावना देखिन्छ।

प्रकाशित : बुधबार, असार ०१, २०७९१७:२३

फिफा विश्वकप २०२२: कुन महादेशबाट कुन राष्ट्र ? [सूची सहित]