फिफा विश्वकप २०२२: कुन महादेशबाट कुन राष्ट्र ? [सूची सहित]

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुदैछ ।

विश्वकप फुटबलको इतिहासमा पहिलोपटक खेलहरु विन्टर सिजनमा हुन लागेको हो । यसअघि हरेक चार वर्षको अन्तरमा समरमा हुँदै आएको थियो । विश्वकप नजिकिदै गर्दा विश्वकप छनोटका खेल पनि सकिदैछ ।

महादेशीय छनोट, महादेशीय र अन्तरमहादेशीय प्ले अफबाट विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै ३२ टोलीको टुंगो लागिसकेको छ । कोन्काफ क्षेत्रको कोस्टा रिका विश्वकपमा स्थान बनाउने अन्तिम तथा ३२औं राष्ट्र बनेको छ ।

विश्वकपमा युरोपटबाट १३, अफ्रिकाबाट ५, एसियाबाट चार र (प्लेअफबाट एक प्लस), कोन्काफबाट तीन (प्लेअफबाट एक प्लस), ओसियानाबाट प्लेअफबाट एक प्लस ) र कन्मेवलबाट चार (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान छ ।

युरोप
युरोपबाट सर्वाधिक धेरै १३ राष्ट्रले विश्वकपमा सहभागिता जनाउन पाउनेछन् । युरोपबाट अहिलेसम्म १२ राष्ट्रले कतारको यात्रा तय गरिसकेका छन् । प्ले अफको फाइनलमा वेल्सले स्कटल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाइसकेको छ । युरोपबाट जर्मनी, डेनमार्क, साविक विजेता फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स विश्वकपमा छनोट भएका हुन् ।
दक्षिण अमेरिका
दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना र उरुग्वे र इक्वेडर छनोटमा शीर्ष चारमा रहँदै सिधै विश्वकपमा छनोट भएको छ ।
दक्षिण अमेरिकी क्षेत्रबाट यसपटक कोलम्बिया र चिली विश्वकपमा छनोट हुन सकेनन् ।

उत्तर तथा मध्य अमेरिका (कोन्काफ)
कोन्काफ क्षेत्रमा विश्वकप छनोट प्रतियोगितामा आठ टोलीको सहभागिता छ । त्यहाँ पनि शीर्ष तीन टोली सीधै विश्वकपमा छानिनेछन् । यहाँबाट क्यानडाले जमैकालाई हराएर ३६ वर्षपछि विश्वकपमा छानिएको छ । अमेरिका र मेक्सिको पनि छनोट भएको छ । छनोटमा चौथो स्थानमा रहेको कोस्टा रिकाले प्ले अफमा ओसियाना क्षेत्रबाट प्ले अफमा स्थान बनाएको न्युजिल्यान्डलाई हराएर विश्वकपमा स्थान पक्का गरेको छ ।

अफ्रिका
अफ्रिकाबाट विश्वकप खेल्ने सबै पाँचै टोलीको छिनोफानो भइसकेको छ । अफ्रिकाबाट यसपल्ट होम एन्ड अवेको आधारमा दुई लेगको प्ले अफमार्फत विश्वकप खेल्ने टोलीको टुंगो लगाइएको हो । जसअन्तर्गत घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुनले सफलता हात पार्दै विश्वकपमा छनोट हुन सफल भएको छ । यसपटक अफ्रिकाबाट बुर्किना फासो, आइभोरी कोस्ट, गावोन, दक्षिण अफ्रिका, नाइजेरिया र अल्जेरियाजस्ता बलियो टोली विश्वकपमा देखिने छैन ।

एसिया
एसियाबाट पाँच टोलीले सिधै र छनोटमा पाँचौ हुने टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्नुपर्ने प्रावधान छ । कतारले आयोजकका रूपमा विश्वकपमा स्थान बनाइसकेको छ । त्यसबाहेक इरान, दक्षिण कोरिया, साउदी अरेबिया र जापानले विश्वकपमा स्थान बनाएका छन् । प्ले अफमा अष्ट्रेलियाले युनाटेड अरब इमिरेट्सलाई तथा अन्तरमहादेशीय प्ले अफको फाइनलमा कन्वेललको छनोटमा पाँचौ स्थानमा रहेको टोली पेरुलाई सडन डेथमा ५–४ ले पराजित गर्दै विश्वकपमा छनोट हुन सफल भयो ।

ओसियाना
ओसियाना क्षेत्रबाट कुनैपनि राष्ट्रले सिधै विश्वकपमा छनोट हुन पाउँदैनन् । उनीहरुलाई अन्तरमहादेशीय प्लेअफबाट विश्वकपमा छनोटको हुने बाटो हुनेछ । ओसियाना छनोटको फाइनलमा सोलोमोन आइल्यान्डलाई ५–० ले पराजित गर्दै न्युजिल्यान्डले प्लेअफमा स्थान बनाएको थियो । तर, न्युजिल्यान्ड कोन्काफ क्षेत्रको छनोटमा चौथो भएको कोस्टा रिकासँग १–० ले पराजित भएपछि विश्वकपमा छनोट हुनबाट वञ्चित बन्यो ।

छनोट भएका राष्ट्रहरु
युरोप –
 जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स
दक्षिण अमेरिका – ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर
उत्तर तथा मध्य अमेरिका (कोन्काफ) – क्यानडा, अमेरिका, मेक्सिको र कोस्टा रिका
एसिया – कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया
दक्षिण अफ्रिका – घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन

समुह विभाजन
समूह ‘ए’ – कता, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स / समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स / समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड / समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान / समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया / समूह ‘जी’ – ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन
/ समूह ‘एच’ – पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

प्रकाशित : बुधबार, असार ०१, २०७९१८:०३

समर ट्रान्सफर विन्डोको सबै भन्दा महँगो खेलाडी को ? यस्तो छ सूची !