समर ट्रान्सफर विन्डोको सबै भन्दा महँगो खेलाडी को ? यस्तो छ सूची !

एजेन्सी – सन् २०२१-२२ को सिजन सकिसकेको अवस्थामा अहिले सबैको नजर ट्रान्सफर बजारमा छ। अहिले युरोपका सबै क्लबहरु उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी भित्र्याउने दौडमा छन्।

समर ट्रान्सफर विन्डो मुख्य ट्रान्सफर विन्डो हो। समर ट्रान्सफरमा नै क्लबहरु बढी खर्च गर्छन्। यो ट्रान्सफर विन्डोमा धेरै खेलाडीहरुले क्लब परिवर्तन गर्नेछन्। अहिले सम्म धेरै क्लबहरुले खेलाडी भित्र्याइसकेका छन् भने केहिले भित्र्याउन बाँकी छ।

अहिले सम्मको अवस्थामा यस ट्रान्सफर विन्डोका सबै भन्दा महँगा खेलाडी ओरेलिएन चुवामेनी रहेका छन्। पहिला फ्रेन्च क्लब मोनाकोमा रहेका उनलाई स्पेनिस महारथी रियल म्याड्रिडले भित्र्याएको छ। उनलाई भित्र्याउन रियलले ८० मिलियन युरो खर्च गर्यो। लिभरपुल र पेरिस सेन्ट जर्मेन(पिएसजी)को नजर रहेपनि चुवामेनीलाई रियलले भित्र्याएको सफल भएको थियो।

त्यस्तै यस ट्रान्सफर विन्डोका दोस्रो महँगा खेलाडी डार्विन नुनेज रहेका छन्। उनी यसै ट्रान्सफर विन्डोमा बेन्फिकाबाट लिभरपुल पुगेका छन्। उनलाई लिभरपुलले ७५ मिलियन युरो खर्च गरेर भित्र्याएको बताइन्छ। नुनेजलाई भित्र्याउन लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग प्रतिष्पर्धा गरेको थियो।

यस्तै नर्वेका युवा स्टार एर्लिङ हालाण्ड पनि यस ट्रान्सफर विन्डोका महँगा खेलाडी रहेका छन्। जर्मन क्लब बोरुसिया डर्टमण्डबाट उनलाई म्यानचेस्टर सिटीले भित्र्यायो। उनका लागि सिटीले ६० मिलियन खर्च गर्यो। हालाण्ड युरोपका धेरै जस्ता ठूला क्लबको नजरमा थिए।

हालाण्ड पछि महँगो ट्रान्सफरमा अमेरिकन युवा खेलाडी ब्रेन्डन आरोनसनको ट्रान्सफर पर्छ। उनलाई प्रिमियर लिग क्लब लिड्स युनाइटेडले आरबी साल्जबर्गबाट भित्र्याएको हो। लिड्सले उनका लागि झन्डै ३३ मिलियन युरो खर्च गरेको छ।

ट्रान्सफर विन्डो खुला भएको शुरुवाती अवस्थामा प्रिमियर लिग क्लब एस्टन भिल्लाले पनि महँगो मूल्यमा खेलाडी भित्र्याइसकेको छ। भिल्लाले डिफेन्सलाई बलियो बनाउन स्पेनिस क्लब सेभियाबाट ब्राजिलियन डिफेन्डर डिएगो कार्लोसलाई भित्र्याएको छ। उनका लागि भिल्लाको ३१ मिलियन युरो खर्च भएको छ।

 

 

प्रकाशित : बुधबार, असार ०१, २०७९२१:१४

“हालाण्ड त के हुन् र एम्बाप्पे नै भए पनि भनेको नमाने गार्डियोलाले बेन्चमा राख्दिन्छ्न्”