“हालाण्ड त के हुन् र एम्बाप्पे नै भए पनि भनेको नमाने गार्डियोलाले बेन्चमा राख्दिन्छ्न्”

एजेन्सी – इङ्ल्यान्डका पूर्व स्ट्राइकर ग्याबी एग्बोनलाहोरको भनाईलाई मान्ने हो भने भर्खरै म्यानचेस्टर सिटीमा अनुबन्धित भएका एर्लिङ हालाण्ड बेन्चमा बस्न बाध्य हुन सक्छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा एग्बोनलाहोरले टोलीको रणनीति अनुसार उत्रन नसके हालाण्ड बेन्चमा सिमित हुन सक्ने बताएका हुन्।

सिटीको मुख्य व्यक्ति प्रशिक्षक पेप गार्डियोला रहेको र उनको रणनीति अनुरुप खेल्न नसकेको खण्डमा हालाण्ड बेन्चमा सिमित हुन सक्ने एग्बोनलाहोरले बताए। हालाण्डले जसरी पनि पेपको खेल शैलीमा घुलमिल हुन सक्नुपर्ने एग्बोनलाहोरको भनाई छ।

“पेप क्लबमा मुख्य व्यक्ति हुन्। जो सुकै खेलाडीले पनि उनले भनेअनुरुप खेल्नुपर्ने हुन्छ। हालाण्डले पनि जसरी हुन्छ पेपको रणनीति अनुरुप खेल्नुपर्छ। होइन भने पेप हालाण्डलाई बेन्चमा राख्न पनि हिचकिचाउदैनन्।”,एग्बोनलाहोरले भने।

यसो भनिरहँदा एग्बोनलाहोरले सिटीमा हालाण्डले राम्रो गर्ने विश्वास व्यक्त गर्न भने छुटाएनन्। गार्डियोलाले जसो-जसो भन्छन् हालाण्डले त्यसै गर्दै जाँदा हालाण्डका लागि पनि राम्रो हुने एग्बोनलाहोरको भनाई छ।

उनले भने,”सबैलाई थाहा छ हालाण्डले राम्रो गर्न सक्छन्। पेपसँग धेरै खेलाडीले काम गरेका छन् र उनले भनेअनुरुप गरेका छन्। तर सकेनन् भने चाहिँ हालाण्डले पनि बेन्चमै सिमित हुनुपर्नेछ। पेप एम्बाप्पे नै भएपछि बन्चमा राख्न डराउँदैनन्।”

प्रकाशित : बुधबार, असार ०१, २०७९२१:४२

आल्भेसले छाड्ने भए बार्सिलोना !