“बार्सिलोनामा पूरा सिजन नपाएको मौका डेनमार्कमा पाएँ, धेरै खुसी छु”

एजेन्सी – मार्टिन ब्रेथवेट घाइते भएपछिको अवस्थाबाट फिर्ता भइसकेका छन्। बार्सिलोनामा मौका पाउन नसकेपनि ब्रेथवेटले युइएफए नेसन्स लिगमा डेनमार्कको तर्फबाट राम्रै मौका पाए। ब्रेथवेटले पाएको मौकालाई खेर पनि जान दिएनन्।

उनले डेनमार्कका लागि राम्रै खेले। नेसन्स लिगका खेल सकिएपछि छुट्टीमा निस्किएका उनले सिजनभर बार्सिलोनामा पाएको मौका भन्दा बढी मौका डेनमार्कबाट पाएकोमा ब्रेथवेट पनि देखिए।

“मैले सिजनभर बार्सिलोनाका लागि खेलेको भन्दा बढी यहाँ खेलेको छु। यो शानदार राह्यो।”,मौका दिएकोमा डेनमार्कका प्रशिक्षकलाई धन्यवाद दिँदै ब्रेथवेटले भने,”म क्यास्परले मलाई दिएको आत्मविश्वासबाट धेरै खुसी छु।”

चार खेलमा खेल्दै आफूले चोटमुक्त भएपछि आफू खेलका लागि तयार भइसकेको प्रमाणित गरेर देखाएको पनि ब्रेथवेटले बताए। उनले भने,”मैले प्रशिक्षणमा प्रशिक्षकलाई म फिट छु भनेर प्रमाणित गर्न सके। मलाई विश्वास गरेर मौका दिने प्रशिक्षण टोलीका सबैलाई धन्यवाद। चोटबाट फर्केर टोलीलाई सहयोग गर्न पाएकोमा गर्व छ।”

जाभीको योजनामा छैनन् ब्रेथवेट

एक हिसाबले भन्ने हो भने ब्रेथवेटको बार्सिलोनामा भविष्य छैन। प्रशिक्षक जाभीको योजनामा उनी छैनन्। आफू बार्सिलोनाको योजनामा नरहेको कुरा ब्रेथवेटलाई पनि थाहा छ। बार्सिलोना ब्रेथवेटलाई बिक्री गर्न चाहन्छ। तर उनलाई किन्न खासै क्लबहरुले चासो देखाएका छैनन्। यस्तै ब्रेथवेट भने फ्री एजेन्टको रुपमा बार्सिलोनाबाट बाहिरिन चाहन्छन्।

प्रकाशित : बिहिबार, असार ०२, २०७९०९:४९

लेवान्डोस्कीलाई सुझाव – ‘झुक्किएर पनि युनाइटेड नजानु, अहिले युनाइटेड भन्दा आर्सनल पनि राम्रो छ’