लेवान्डोस्कीलाई सुझाव – ‘झुक्किएर पनि युनाइटेड नजानु, अहिले युनाइटेड भन्दा आर्सनल पनि राम्रो छ’

एजेन्सी – पूर्व प्रिमियर लिग स्ट्राइकर क्रिस सटनले रोबर्ट लेवान्डोस्कीका लागि म्यानचेस्टर युनाइटेड भन्दा आर्सनल राम्रो विकल्प हुन सक्ने बताएका छन्। एक टेलिभिजन कार्यक्रममा क्रममा सटनलले लेवान्डोस्कीका लागि युनाइटेड भन्दा आर्सनल राम्रो हुने बताएका हुन्।

लेवान्डोस्कीले बायर्न म्युनिख छाड्ने पक्का भइसकेको छ। लेवान्डोस्कीले सार्वजनिक रुपमै बायर्नमा नरहने स्पष्ट पारिसकेका छन्। लेवान्डोस्की क्याटलान क्लब बार्सिलोना जान चाहन्छन्। तर आर्थिक संकट बार्सिलोना र लेवान्डोस्कीका लागि समस्याको कुरा बनिरहेको छ।

बार्सिलोनाले भित्र्याउन नसकेको खण्डमा लेवान्डोस्कीलाई म्यानचेस्टर युनाइटेडले भित्र्याउन सक्ने चर्चा पनि शुरु भएको छ। सोहि विषय बारे टिप्पणी गर्नेक्रममा सटनले लेवान्डोस्कीका लागि युनाइटेड भन्दा आर्सनल राम्रो हुने बताए।

“मैले लेवान्डोस्कीलाई युनाइटेडसँग जोडेको देखेको छु। बार्सिलोना जान नसके उनी युनाइटेड जान्छन् भन्ने चर्चा सुनिन्छ। तर उनी युनाइटेडमा किन जाने ? अरु विकल्प छैनन् र ?”,सटनले भने।

सटनका अनुसार लेवान्डोस्कीसँग अन्य ठूला र राम्रो विकल्प छन्। लेवान्डोस्कीले युनाइटेड भन्दा पनि म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी र टोटेनह्याम जस्ता क्लबमा जानुपर्ने उनको भनाई छ।

उनी भन्छन्,”लेवान्डोस्कीसँग ठूला र राम्रो विकल्पहरू छन्। म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी र स्पर्स राम्रा विकल्प हुन्। अहिलेको समयमा त युनाइटेड भन्दा आर्सनल नै राम्रो छ। अहिलेको अवस्थामा आर्सनल युनाइटेड भन्दा राम्रो अवस्थामा छ।”

प्रकाशित : बिहिबार, असार ०२, २०७९१०:१४

लापोर्टाले भने – ‘पिएसजी र सिटी जस्ता क्लबले दुख दिए, खेलाडी किन्न पनि गार्हो भयो’