लापोर्टाले भने – ‘पिएसजी र सिटी जस्ता क्लबले दुख दिए, खेलाडी किन्न पनि गार्हो भयो’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले राज्यको स्वामित्व रहेका क्लबहरुका कारण फुटबल दुषित हुँदै गएको बताएका छन्। एक सक्षात्कारमा आफ्ना भनाईहरु राख्नेक्रममा लापोर्टाले राज्यको स्वामित्व र नियन्त्रणमा राखेका क्लबहरुका लागि फुटबल दुषित बन्दै गएको बताएका हुन्।

म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्ता राज्यको स्वामित्व भएका क्लबहरुका कारण फुटबलमा समस्या पैदा भइरहेको लापोर्टाले बताए। यस्ता क्लबहरुका कारण फुटबलमा अस्थिरता देखिएको लापोर्टाको भनाई छ।

“राज्यका स्वामित्व भएका क्लबहरुका कारण फुटबलमा समस्या पैदा भइरहेको छ। यस्ता क्लबकै कारण युरोपमा फुटबलको अस्थिरता उत्पन्न भइरहेको छ।”,लापोर्टाले भने। लापोर्टाले यस्ता क्लबहरुका लागि थप कडा नियमहरु ल्याइनुपर्ने पनि बताए।

उनले सिटी र पिएसजी जस्ता क्लबहरुले फुटबल भन्दा बाहिरको श्रोतबाट फुटबललाई नियन्त्रण गर्ने गरेको बताउन पनि छुटाएनन्। उनले भने,”म यस प्रकारका क्लबहरूका लागि थप कडा नियमहरु बनाइयोस् भन्ने माग गर्छु। यी क्लबहरुले फुटबल भन्दा बाहिरको श्रोत ल्याएर खर्च गरिरहेका छन्। यसलाई नियन्त्रण गरिनुपर्छ।”

युरोपका धेरै जस्ता क्लबहरुले फुटबलबाटै आम्दानी गर्ने र त्यसैलाई खर्च गर्ने गरेको लापोर्टाले बताए। तर राज्यका स्वामित्व भएका क्लबहरुले बाहिरी श्रोतको प्रयोग गर्दा धेरै क्लबहरुलाई समस्या परिरहेको लापोर्टा मान्छन्।

राज्यको स्वामित्व भएका क्लबहरुका लागि खेलाडी भित्र्याउन पनि समस्या भइरहेको लापोर्टाले बताए। उनले भने,”यस्ता क्लबहरुका कारण खेलाडी भित्र्याउन पनि गार्हो भइरहेको छ। यस्ता क्लबहरुका लागि सबै देशहरुमा कडा नियम बनाइनुपर्छ। फ्रान्स र प्रिमियर लिगमा भन्दा हाम्रोमा केहि नियम कडा छ।”

प्रकाशित : बिहिबार, असार ०२, २०७९११:१४

पिकेको ठाउँ लिने खेलाडीको खोजिमा बार्सिलोना, यी खेलाडी माथि नजर !