पिकेको ठाउँ लिने खेलाडीको खोजिमा बार्सिलोना, यी खेलाडी माथि नजर !

एजेन्सी – विभिन्न स्पेनिस मिडियाहरुका अनुसार क्याटलान क्लब बार्सिलोनाले क्लबको डिफेन्सलाई बलियो बनाउने योजना बनाएको छ। बार्सिलोनाले पोर्चुगिज डिफेन्डरलाई भित्र्याएर क्लबको डिफेन्सलाई बलियो बनाउन खोजेको हो।

बार्सिलोनाले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनका २० वर्षिय डिफेन्डर गोन्कालो इनासियोलाई भित्र्याउन चाहेको स्पेनिस मिडियाहरुले जनाएका छन्। बार्सिलोनाले इनासियोलाई भेट्रान डिफेन्डर जेरार्ड पिकेको स्थान लिने खेलाडीको रुपमा हेरेको बताइन्छ।

गएको केहि समय देखि पिकेले बार्सिलोना छाड्ने कुरा पनि चलिरहेको छ। तर पिके बार्सिलोना छाडेपनि नछाडेपनि बार्सिलोनालाई युवा डिफेन्डर चाहिएको छ। क्लबको दिर्घकालिन योजनाको लागि बार्सिलोनाले युवा डिफेन्डरको खोजि जारी राखेको छ।

बार्सिलोनाका लागि इनासियो उत्कृष्ट विकल्प हुन सक्छन्। उच्च प्रदर्शन गर्न सक्ने उनले लिस्बनका लागि लगातार ७० खेल खेलिसकेका छन्। सन् २०२१-२२ को सिजनमा उनले लिस्बनका लागि कुल ४५ खेल खेलेका थिए। जसमा उनले ५ गोल गर्दै ३ असिस्ट दिएका थिए।

पोर्चुगिज मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने इनासियोको रिलिज क्लज ४५ मिलियन युरो रहेको छ। सो बराबरको रकम तिर्न सके इनासियो आउने सिजन बार्सिलोनामा हुनेछन्।

तर इनासियो भित्र्याउन बार्सिलोना सहज भने हुने छैन। बार्सिलोना चरम आर्थिक संकटबाट गुज्रिरहेका कारण इनासियोलाई भित्र्याउन बार्सिलोनालाई धेरै नै गार्हो हुनेछ। इनासियो भित्र्याउन चाहने क्लब बार्सिलोना मात्र होइन। प्रिमियर लिग क्लब युनाइटेडले पनि इनासियोलाई भित्र्याउन चाहेको छ।

प्रकाशित : बिहिबार, असार ०२, २०७९११:४७

पेरेज भन्छन् – ‘एक दिन भिनिसियसले बालोन डी’ओर जितेरै छाड्छन्’