प्रचण्डले खोले ओलीको पोल, ओलीले नै एसपिपी सम्झौता गरेको खुलासा !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता केपी शर्मा ओलीको पालामा भएको बताएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले एसपिपी सम्झौता सन् २०१९ मा ओली प्रधानमन्त्री हुँदा कार्यान्वयन गर्ने काम भएको दाबी गरेका हुन्।

पेरिसडाँडामा आयोजित रितबहादुर खड्काको स्मृति सभामा बोल्दै प्रचण्डले सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरेको तथ्य सबैले बुझ्न आवश्यकता रहेको बताए।

“केपी ओलीले उक्त सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामीले बुझ्नुपर्छ । यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनता र नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिन्छौँ।”,प्रचण्डले भने।

प्रचण्डले गठवन्धन कुनै पनि शन्य सम्झौता गर्ने पक्षमा नरहेको प्रचण्डले स्पष्ट पारे। एसपीपीजस्तो कुनै सैन्य सम्झौता नभएको र अबका दिनमा पनि नहुने प्रचण्डको भनाई छ।

उनले भने,”एसपीपी भन्ने हुँदै छ रे, सैन्य सम्झौता हुँदै छ रे भनेर प्रचार गरिएको छ, विल्कुल झुटो हो। म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा हाम्रो भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म यहाँबाट गर्न चाहन्छु ।”

प्रकाशित : बिहिबार, असार ०२, २०७९१०:५०

प्रधानमन्त्री पदका लागि लड्ने गगनको घोषणा !