मौरिन्होका मन जितेका माटिच रोमा पुगे !

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब एएस रोमाले सर्वियन मिडफिल्डर नेमान्जा माटिचलाई क्लबमा अनुबन्ध गरेको छ । रोमाले माटिचलाई इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

माटिचले सिजनको अन्त्यसँगै युनाईटेड छाडेका थिए । सर्बियन मिडफिल्डर माटिचले रोमासँग एक वर्षको सम्झौता गरेका छन् । ३३ वर्षीय मिडफिल्डर २०२३ को जुन ३० सम्म रोमामा रहने छन् । माटिच २०१७ मा चेल्सीबाट युनाईटेड आएका थिए । माटिचले युनाईटेडका लागि १ सय ८३ खेल खेलेका छन् ।

रोमाका प्रशिक्षक जोसे मौरिन्होले माटिचलाइ तेस्रोपटक अनुबन्ध गरेको हो । मौरिन्होले आफु चेल्सीमा रहँदा माटिचलाई पहिलोपटक क्लबमा अनुबन्ध गरेको थियो । त्यसपछि उनी म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेसँगै माटिचलाई पनि अनुबन्ध गरेको थियो । यसपटक रोमामा रहँदा पनि मौरिन्होले उनलाई अनुबन्ध गर्न हिचकिचाएनन् ।

माटिचले युनाइटेडमा ५ सिजन बिताउँदा १८९ खेलमा ४ गोल गरेका छन् । उनले गत सिजन युनाइटेडका लागि ३२ खेलमा अवसर पाएका थिए ।

प्रकाशित : बिहिबार, असार ०२, २०७९१९:२३

युनाइटेडसँग पोग्बाले बदला लिने: भन्छन् – मलाई निकाल्नु गलत थियो भन्ने प्रमाणित हुन्छ