कसले जित्ला त विश्वकप २०२२ ? यसो भन्छ पछिल्लो सर्वेक्षण, तपाईं कसको समर्थनमा ?

कतार विश्वकप २०२२ आउनका लागि अब केही महिनाको समय मात्र बाँकी रहेको छ। नोभेम्बर २१ बाट कतारमा सुरु हुने फुटबल जगत कै सबैभन्दा ठूलो तथा प्रतिष्ठित प्रतियोगितामा ५ महादेश गरेर ३२ टोलीले सहभागिता जनाउने छन्। सम्पूर्ण छनोट चरणका खेल सकिएसँगै विश्वकपमा भाग लिने सबै ३२ ओटै टोलीको टुंगो लागिसकेको छ।

विश्वकप २०२२ मा छनोट भएका ३२ टोली यस प्रकारका छन्: कतार, साउदी अरेबिया, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, जापान, फ्रान्स, इंग्ल्याण्ड, स्पेन, डेनमार्क, जर्मनी, वेल्स, पोर्चुगल, नेदरल्यान्ड्स, स्विजरल्याण्ड, सर्बिया, बेल्जियम, क्रोएसिया, पोल्याण्ड, सेनेगल, क्यामरून, घाना, मोरोक्को, टुनिसिया, मेक्सिको, अमेरिका, क्यानडा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोस्टा रिका, इक्वेडर।

विश्वकपको सम्पूर्ण खेल तालिका पनि सार्वजनिक भइसकेको छ। यससँगै फुटबल समर्थकमा यस पटकको विश्वकप कसले जित्ने भन्ने चर्चा सुरु भएको छ। यसबारे विभिन्न भविष्यवाणी समेत हुन थालेका छन्। यसैबीच सिबिएस स्पोर्ट्सले गरेको एक सर्वेक्षण अनुसार दक्षिण अमेरिका राष्ट्र ब्राजिल छैठौं पटक विश्व विजेता बन्ने सम्भावना उच्च रहेको छ। ब्राजिल अन्तिम पटक युरोपेली टोली भन्दा अन्य राष्ट्र रहेको छ जसले विश्वकप उपाधि जितेको थियो।

ब्राजिल अन्तिम पटक २० वर्ष पहिले सन् २०२२ को विश्वकपमा विजेता बनेको थियो। त्यसयता भएका ४ वटै विश्वकप युरोपियन राष्ट्रले जितेका छन्। ब्राजिलपछि दोस्रो स्थानमा यस पटकको विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावना साबिक विजेता फ्रान्सको रहेको सर्वेक्षणले देखाएको छ। त्यस्तै, तेस्रो नम्बरमा इंग्लयाण्ड रहेको छ भने चौथोमा स्पेन, पाँचौंमा जर्मनी, छैटौंमा अर्जेन्टिना, सातौंमा बेल्जियम, आठौंमा पोर्चुगल, नवौंमा नेदरल्याण्ड्स र दशौंमा डेनमार्क रहेका छन्।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१५:५६

भइसक्यो कतार विश्वकप तालिका सार्वजनिक, नेपालमा कुन खेल कति बजे हेर्ने ? [पूर्ण तालिका]