जिदानले पिएसजीको कमाण्ड सम्हाल्ने बितिकै यी खेलाडी धरापमा, क्लबबाट लखेटिने !

एजेन्सी – गएको केहि समय देखि चलिरहेको चर्चालाई मान्ने हो भने आउने केहि दिनमा नै माउरिसियो पोचेटिनो पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट बाहिरिनेछन्। पिएसजी र पोचेटिनो बीच चलिरहेको छलफल सकारत्मक दिशामा अगाडी बढेको र दुई पक्ष बीच छिट्टै नै सहमति हुने बताइन्छ।

सो सहमति पश्चात पोचेटिनो पिएसजीबाट बाहिरिनेछन्। च्याम्पियन्स लिगमा राम्रो नतिजा निकाल्न नसकेका कारण पिएसजी पोचेटिनोसँग छुट्टिने निर्णयमा पुगेको हो।

पोचेटिनोको स्थानमा पिएसजी जिनेदिन जिदानलाई ल्याउन चाहन्छ। जिदानलाई ल्याउन पिएसजीले सक्दो प्रयास गरिरहेको छ। पिएसजीले जिदानलाई एक वर्ष भन्दा बढी समय देखि पछ्याइरहेको छ। रियललाई लगातार तीन च्याम्पियन्स लिग दिलाएका जिदानलाई ल्याएर च्याम्पियन्स लिग जित्ने योजनामा पिएसजी छ।

यस्तै केहि समय अगाडी आएको एक खबरलाई मान्ने हो भने जिदान पिएसजीको जिम्मेवारी सम्हाल्न सहमत भइसकेका छन्। पिएसजीका कतारी मालिकसँगको भेटघाट पछि जिदान पिएसजीको जिम्मेवारी सम्हाल्न तयार भएको फ्रेन्च मिडियाहरु बताउँछन्।

सो दावीसँगै अहिले जिदानले पिएसजीको जिम्मेवारी सम्हालेपश्चात पिएसजीमा के कस्ता परिवर्तन होलान् भन्ने बारे चर्चा शुरु भएको छ। स्पेनिस मिडिया एल नेसियोनलका अनुसार जिदान पिएसजीको प्रशिक्षक बनेपछि सबै भन्दा बढी खतरामा नेयमार हुनेछन्।

जिदान प्रशिक्षक नियुक्त हुने बितिकै जिदानले क्लबलाई नेयमार बिक्री गर्न निर्देशन दिन सकने बताइन्छ। बताइएअनुसार एम्बाप्पे पनि नेयमारलाई पिएसजीमा देख्न चाहँदैनन्। पिएसजीले नेयमारलाई ९० मिलियन युरो सम्ममा बिक्री गर्न सक्ने एल नेसियोनलले जनाएको छ।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१२:२३

“फुटबल बारे थाहा नहुनेले मात्रै मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट भन्छन्”