“फुटबल बारे थाहा नहुनेले मात्रै मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट भन्छन्”

एजेन्सी – डच लेजेण्ड मार्को भान बास्टेनले क्रिस्टियानो रोनाल्डो भन्दा लियोनेल मेस्सी धेरै भिन्न खेलाडी रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा बास्टेनले रोनाल्डो र मेस्सी धेरै भिन्न खेलाडी रहेको बताएका हुन्।

एसी मिलानका पूर्व स्ट्राइकरले क्रिस्टियानो रोनाल्डो भन्दा मेस्सी धेरै उत्कृष्ट रहेको बताए। फुटबलका बारेमा थाहा नहुनेले मात्रै मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट छन् भन्ने बास्टेनको भनाई छ।

“क्रिस्टियानो एक महान खेलाडी हुन्। तर यदि मेस्सी भन्दा क्रिस्टियानो उत्कृष्ट छन् भनेरे कसैले भन्छ भने उसलाई फुटबल बारे केहि थाहा नै छैन।”,बास्टेनले अन्तर्वार्ताका क्रममा भने।

मेस्सी जस्तो खेलाडी फेरी-फेरी जन्मिन असम्भव रहेको पनि बास्टेनले बताए। बास्टेनका अनुसार मेस्सी जस्तो खेलाडी दोहोरिन असम्भव छ र रोनाल्डो जस्ता खेलाडी ५०-१०० वर्षमा जन्मिने गर्छन्।

उनले भने,”मेस्सी जस्ता खेलाडी विरलै जन्मिन्छन्। मेस्सी जस्तो खेलाडी दोहोरिन लगभग असम्भव छ। तर रोनाल्डो जस्ता खेलाडी भने ५०-१०० वर्षमा आउँछन्।”

रोनाल्डो बहाना मेस्सी धेरै उत्कृष्ट रहेको रहेको बताएपनि बास्टेनले मेस्सी फुटबल इतिहाँसकै शिर्ष तीन खेलाडी भित्र नपर्ने बताए। बास्टेनका अनुसार सातवटा बालोन डी’ओर जितेका मेस्सी फुटबल इतिहाँसका तीन उत्कृष्ट खेलाडीमा पर्दैनन्। उनका लागि पेले, डिएगो म्याराडोना र जोहान क्रुफ फुटबल इतिहाँसकै उत्कृष्ट तीन खेलाडी हुन्।

“पेले, [डिएगो] म्याराडोना र [जोहान] क्रुफ मेरो लागि इतिहाँसका तीन महान खेलाडी हुन्। म सानो हुँदा क्रुफ जस्तै बन्न चाहन्थें। पेले र म्याराडोना पनि अविश्वसनीय थिए।”,बास्टेनले भने।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१२:२३

कसले जित्ला त विश्वकप २०२२ ? यसो भन्छ पछिल्लो सर्वेक्षण, तपाईं कसको समर्थनमा ?