बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर(आईपीओ)को बाँडफाँड आज हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आईपीओको बाँडफाँड आज हुने भएको हो।
कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित दरमा १८ लाख कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको थियो।
जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
आवेदन खुल्ला भएपछि २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन परेको थियो। १८ लाख ४८ हजार ७ सय १ जना सर्वसाधारणले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन दिएको बताइएको छ।
आज बाँडफाँड हुँदा १७ लाख १२ हजार २ सय १ जना आवेदकको हात रित्तो हुनेछ भने एक लाख ३६ हजार ५ सय जना सर्वसाधारणले १० कित्ताको दर शेयर पाउनेछन्।