बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, यहाँ हर्नुहोस् रिजल्ट !

काठमाडौँ – बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड आज (असार ३ गते, शुक्रबार) सम्पन्न भएको छ। कम्पनीले ठ २० गतेदेखि जेठ २५ सम्मका लागि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

आवेदन खुल्ला भएपछि २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन परेको थियो। १८ लाख ४८ हजार ७ सय १ जना सर्वसाधारणले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन दिएको बताइएको छ। बाँडफाँड पश्चातएक लाख ३६ हजार ५ सय जनाले समान १० कित्ता सेयर प्राप्त गरेका छन्। अन्यको हात भने खाली रह्यो।

कसरी हेर्ने रिजल्ट ? 

सार्वजनिक भएको रिजल्ट अर्थात कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिनेछ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (AllotmentResult (cdsc.com.np) बाट, बिक्री प्रबन्धक  सानिमा क्यापिटल लिमिटेडकाे वेबसाइट , कम्पनीको वेबसाइट र मेराे सेयरमा गई एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१७:२६

सम्पन्न भयो दोर्दी खोला जलविद्युतको आइपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट !