आउने महिना ये ४ राशिलाई खुब सुख-समृद्धि दिनेछन् शिव जी, बढ्नेछ मान-प्रतिष्ठा !

Lord Shiva kripa

असार महिनापछि सुरु हुने श्रावण महिना भगवान शिवका भक्तहरुका लागि निकै विशेष रहनेछ। श्रावण महिनामा भक्तजनले विधिपूर्वक भगवान शंकरको पूजा आराधना गर्छन्। धार्मिक मान्यता अनुसार यस महिनामा शिवको पृथ्वीमा वास हुन्छ। कुन राशिका लागि यो श्रावण महिना निकै शुभ मानिन्छ भन्ने जान्नुहोस्।

मेष राशि 

यो राशि हुनेहरुको हरेक मनोकामना पूरा हुनेछ। आर्थिक अवस्था निकै राम्रो रहने सम्भावना छ। हरेक काममा प्रियजनको सहयोग मिल्नेछ। धनको कुनै अभाव हुनेछैन। यात्राबाट धन प्राप्तिको सम्भावना पनि छ। नयाँ कामको थालनी गर्न सकिनेछ।

वृष राशि 

यो राशिका लागि यो महिना खुसीले भरिपूर्ण साबित हुनेछ। आर्थिक अवस्था निकै राम्रो रहनेछ। एकभन्दा बढी माध्यमबाट धन आर्जन गर्न सफल हुनुहुनेछ। पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ। भगवान शिवको कृपाले तपाईंको करियरमा धेरै प्रगति हुनेछ।

कर्कट राशि 

भगवान शिवको कृपाले जागिरमा पदोन्नतिको अवसर मिल्नेछ। नयाँ परियोजना हात लाग्न सक्छ। व्यापार व्यवसायीहरुले पनि नाफा कमाउने प्रबल सम्भावना रहेको छ। वैदेशिक रोजगारीको सपना पनि पूरा हुनसक्छ। कार्यस्थलमा आफ्नो छाप बनाउन सक्षम हुनुहुनेछ।

वृश्चिक राशि 

नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। तलबमा पनि राम्रो वृद्धि हुन सक्छ। रोजगारीको खोजीमा रहेका मानिसले पनि सफलता प्राप्त गर्न सक्छन्। यस समयमा नयाँ कामको थालनी गर्न सकिनेछ। यस समयमा, तपाईंले लाभ प्राप्त गर्ने धेरै अवसरहरू प्राप्त गर्नु हुनेछ।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१०:२७

भोलि शुक्र ग्रहले ग्रहचक्रमा हलचल मच्चाउँदै, यी ३ राशिलाई हुनेछ अत्यन्त शुभ !