एम्बाप्पेलाई दनक दिएर आफू रियल म्याड्रिड आएको चुवामनीको खुलासा !

औरेलिएन चुवामेनी ले खुलासा गरेको छन् कि उनले आफ्ना फ्रान्सेली अन्तर्राष्ट्रिय टिममेट किलियन एम्बाप्पेको अनुरोध अस्वीकार गर्दै रियल म्याड्रिडसँग सामेल भएका हुन्। एएस मोनाकोबाट १०० मिलियन यूरो (£ ८५/ $ १०७) मा रियल मड्रिडमा सामेल हुनुअघि उनले पेरिस सेन्ट-जर्मेन (पीएसजी) सामेल हुनको लागि एम्बाप्पेको अनुरोध नकारेका थिए।

फ्रेन्च स्टारले यसै सिजन म्याड्रिड छाडेका ग्यारेथ बेलले छोडेको जर्सी नम्बर १८ लगाउने पुष्टि पनि भइसकेको छ। फ्रेन्च क्लब मोनाकोमा साढे दुई सिजनमा आफ्नो स्टक ह्वात्तै बाढाएका प्रतिभाशाली २२ वर्षीया स्टारको नाम लामो समयदेखि ब्लान्कोससँग जोडिंदै आएको थियो। बर्नाबेउमा आफ्नो आधिकारिक अनावरणमा, चुवामेनीले व्याख्या गरे कि उनको करियरको लागि सबैभन्दा राम्रो निर्णय लिएका छन्।

उनले भने: “किलियनले पीएसजीमा बस्ने निर्णय गरे र उनलाई पहिले नै थाहा थियो कि म मोनाको छोड्दैछु र म पीएसजी जान सक्छु कि भनेर जान्न चाहन्थे, तर मैले उनलाई भने कि म म्याड्रिड चाहन्छु र उनले राम्रोसँग बुझे।”

“म [करिम] बेन्जेमा र [एडुआर्डो] क्यामाभिङ्गासँग कुरा गर्न पाउँदा भाग्यशाली छु। क्यामाभिङ्गाको मामलामा, हामीले देख्यौं कि उसले आफ्नो पहिलो वर्षमा कसरी सुधार गरेको छ र म विश्वको उत्कृष्ट स्ट्राइकरसँग क्लबबाट खेल्न पाउँदा भाग्यशाली हुनेछु। जब वार्ता अगाडि बढ्यो, उनले मलाई सन्देश पठाए र उनले मलाई मद्दत गर्न सक्छन् कि भनेर सोधेका थिए,” उनले थपे,””म अब फुटबलमा छाप छोड्न चाहन्छु र यसको लागि उत्कृष्ट क्लब रियल म्याड्रिड हो। यो मेरो लागि सबैभन्दा राम्रो निर्णय हो। म मैदानमा उत्कृष्ट बन्ने प्रयास गर्छु। हस्ताक्षरको मूल्यले मलाई कत्ति पनि चासो राख्दैन।”

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१७:३५

जब बदला-बदला भनेर उफ्रिने सलाहलाई मोड्रिचले शब्द बाँड प्रहार गरे …