जब बदला-बदला भनेर उफ्रिने सलाहलाई मोड्रिचले शब्द बाँड प्रहार गरे …

एजेन्सी – च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिड र लिभरपुल भिड्ने तयार हुँदा सबै भन्दा बढी उत्साहित लिभरपुलका स्टार मोहम्मद सलाह थिए। सन् २०१८ को फाइनलमा भोगेको हारको बदला लिन पाइने भयो भनेर सलाह उत्साहित भएका थिए।

रियल म्याड्रिड फाइनलमा प्रवेश गर्नु अगाडी नै सलाहले रियल फाइनलमा पुगोस् भन्ने कामना समेत गरेका थिए। तर जब च्याम्पियन्स लिगको फाइनल भयो, तब सलाहको बदला लिने सपना सपना नै रह्यो। लिभरपुल एक पटक पुनः रियलसँग पराजित भयो।

फाइनल अगाडी सलाहले बदला लिन्छु भन्दा रियलका खेलाडीहरुले कुनै पनि प्रतिक्रिया जनाएनन्। रियलका खेलाडीहरुले खेल मैदानमै गरेर देखाइदिए। रियलका युवा ब्राजिलियन विंगर रोड्रिगोका अनुसार खेलपछि मैदानमा भएको एक रमाइलो किस्सा सार्वजनिक गरेका छन्।

एक अन्तर्वार्ताका क्रममा रोड्रिगोले खेलपछि रियलका मिडफिल्डर लुका मोड्रिचले लिभरपुलका सलाहलाई के भनेका थिए भन्ने किस्सा सुनाएका हुन्।
खेल हारेपछि उदास भएका सलाह मोड्रिचको नजिकैबाट जाँदै थिए। त्यसक्रममा मोड्रिचले सलाहलाई अभिवादन गरेर र फेरी प्रयास गर्न सुझाव दिए।

“सलाह उदास भएर जाँदै थिए। अर्कोतर्फ उभिएका मोड्रिचले उनलाई अभिवादन गर्दै भने – फेरी प्रयास गर्नु है।”,रोड्रिगोले सुनाए। रोड्रिगोका अनुसार रियलका खेलाडीहरुले खेल अगाडी सलाहले गरेको टिप्पणीलाई नै प्रेरणाको रूपमा प्रयोग गरेको थियो।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१९:४४

बेल्जियमका प्रशिक्षक भन्छन् – ‘हाजार्ड के हुन् आउने सिजन देखिन्छ, विश्वकप जित्न कटिवद्ध छन्’