बेल्जियमका प्रशिक्षक भन्छन् – ‘हाजार्ड के हुन् आउने सिजन देखिन्छ, विश्वकप जित्न कटिवद्ध छन्’

एजेन्सी – बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले सन् २०२२-२३ को सिजनमा फरवार्ड इडेन हाजार्डले फरक रुप देखिने दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा मार्टिनेजले आउने सिजन हाजार्डको फरक रुप देखिने दावी गरेका हुन्।

रेडियो कार्यक्रम एल लार्ग्वेरोमा मार्टिनेजले हाजार्ड अहिले शारीरिक र मानसिक रुपमा उत्कृष्ट अवस्थामा रहेको बताए। हाजार्डको मानसिक र शारीरिक अवस्था देखेर आफू छक्क परेको मार्टिनेजको भनाई छ।

“इडेन हाजार्ड आफ्नो करियरको उत्कृष्ट अवधिमा छन्। जुनमा उनको मानसिक र शारीरिक अवस्था देखेर म छक्क परें। अब छुट्टै हाजार्ड देख्न पाइनेछ।”,मार्टिनेजले अन्तर्वार्ताका क्रममा भने।

मार्टिनेजका अनुसार आउने सिजन रियल म्याड्रिड समर्थकले नयाँ र भिन्न हाजार्डको अनुभव गर्न पाउनेछन्। मार्टिनेजले हाजार्ड रियलमा सफल हुन आतुर रहेको पनि बताए। रियलमा सफल हुने र विश्वकप जित्ने कुरा हाजार्डको प्राथमिकतामा रहेको मार्टिनेजको भनाई छ।

उनी भन्छन्,”रियल म्याड्रिडमा सफल हुन उनी आतुर छन्। उनलाई जसरी पनि रियलमा सफल हुनु छ। उनले आफ्नो उद्देश्य परिवर्तन गर्ने बारे सोचेका छैनन्। उनी विश्वकप पनि जित्न चाहन्छन्।

हाजार्ड सन् २०१९ मा चेल्सीबाट रियल पुगेका हुन्। चेल्सीमा हुँदा हाजार्ड विश्वकै उत्कृष्ट खेलाडीमा पर्थे। तर रियल आएयता उनलाई शरीरले त्यति साथ दिरहेको छैन। रियल आएयता उनी कयौं पटक घाइते भइसकेका छन्। गएको केहि समय देखि भने हाजार्ड उच्च लयमा देखिएका छन्। हाजार्डले नेसन्स लिगमा बेल्जियमका लागि राम्रो प्रदर्शन गरेका थिए।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९२०:२१

लेवान्डोस्की जसरी पनि बार्सिलोना नै जाने, चेल्सी र पिएसजीको प्रस्ताव ठाडै रिजेक्ट !