लेवान्डोस्की जसरी पनि बार्सिलोना नै जाने, चेल्सी र पिएसजीको प्रस्ताव ठाडै रिजेक्ट !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले प्रिमियर लिग क्लब चेल्सीको प्रस्तावलाई अस्विकार गरेका छन्। बायर्न म्युनिख छाड्ने निर्णय गरिसकेका लेवान्डोस्कीले चेल्सीको तर्फबाट आएको प्रस्तावलाई ठाडै अस्विकार गरेका हुन्।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड लेवान्डोस्कीले सार्वजनिक रूपमा बायर्न म्युनिखमा आफ्नो क्यारियर ‘समाप्त’ भएको घोषणा गरिसकेका छन्। म्युनिखमा आफ्नो कथा सकिसकेको हुँदा सहमतिमा समाधान खोज्न बायर्नलाई लेवान्डोस्कीले आग्रह गरेका थिए।

सार्वजनिक रुपमै बायर्न छाड्न चाहेको बताएसँगै चेल्सीले लेवान्डोस्कीलाई सम्पर्क गरेको थियो। तर लेवान्डोस्कीले चेल्सीको प्रस्तावलाई अस्विकार गरेको स्पेनिस तथा जर्मन मिडियाहरु बताउँछन्।

मिडियामा आएका दावीलाई मान्ने हो भने लेवान्डोस्कीले पेरिस सेन्ट जर्मेन(पिएसजी)को समेत प्रस्ताव अस्विकार गरेका छन्। लेवान्डोस्कीको सबै भन्दा बढी प्राथमिकतामा क्याटलान क्लब बार्सिलोना रहेको स्पेनिस मिडियाहरुको दावी छ।

लेवान्डोस्की जसरी पनि बार्सिलोना नै जाने पक्षमा रहेको स्पेनिस मिडिया स्पोर्टले जनाएको छ। लेवान्डोस्कीले चेल्सी र पिएसजीलाई पनि सो सम्बन्धमा जानकारी गराइसकेको बताइन्छ।

तयारी अवस्थामा बार्सिलोना

लेवान्डोस्कीलाई भित्र्याउन बार्सिलोनाले आफ्नो तयारीलाई तिब्रता दिएको छ। लेवान्डोस्की भित्र्याउन बार्सिलोनाले आर्थिक जोहो गरिसकेको र छिट्टै नै बायर्नलाई नयाँ आधिकारिक प्रस्ताव पठाउने तयारी गरेको स्पेनिस मिडियाहरु बताउँछन्। बार्सिलोनाले यस अगाडी गरेको ३२ मिलियन युरोको प्रस्ताव बायर्नले रिजेक्ट गरेको थियो।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९२१:३३

अन्ततः मानेको विषयमा लिभरपुल र बायर्न बीच कुरा मिल्यो !