विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने मार्टिनेजको प्रण, भन्छन् – ‘म कफीका लागि बाहिर समेत जादिन’

एजेन्सी – लियोनेल मेस्सीका सहकर्मी एमी मार्टिनेजले यस वर्षको अन्त्यमा हुने फिफा विश्वकपमा उत्कृष्ट गोलकिपर बन्न आफू कटिबद्ध रहेको बताएका छन्। अर्जेन्टिनाका मुख्य गोलरक्षक मार्टिनेजले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न आफू कटिबद्ध रहेको बताएका हुन्।

विश्वकप नजिकिँदै गर्दा आफू त्यसैतर्फ केन्द्रित भइरहेको मार्टिनेजले बताए। मार्टिनेज प्रिमियर लिग क्लब एस्टन भिल्लाका समेत गोल रक्षक हुन्। विश्वकप भन्दा अगाडीको समयमा उत्कृष्ट प्रदर्शन गर्दै अगाडी बढ्ने उनको योजना छ।

मार्टिनेजका अनुसार उनी विश्वकपमा उत्कृष्ट भन्दा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन्। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर विश्वको उत्कृष्ट गोलरक्षक बन्ने आफ्नो योजना रहेको मार्टिनेजले बताए। एक अन्तर्वार्ताका क्रममा मार्टिनेजले आफू साथीहरुसँग कफीका लागि बाहिर नजाने गरेको पनि सुनाए। आफू पूर्णरुपले फुटबलमा केन्द्रित भएको उनको भनाई छ।

“यदि म राष्ट्रिय टोलीबाट महत्वपूर्ण उपाधि जित्न चाहन्छु भने मैले ठूला कुराहरूलाई लक्ष्य बनाउनुपर्छ। म साथीहरूसँग कफी पिउन पनि जादिन। म मेरो काममा कटिबद्ध छु। म उत्कृष्ट लयमा विश्वकप पुग्न चाहन्छु। म विश्वकपमा उत्कृष्ट गोलकिपर बन्न चाहन्छु।”,मार्टिनेजले भने।

मार्टिनेज तीनै गोलरक्षक हुन्, जसको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनालाई कोपा अमेरिका दिलाएको थियो। अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन बन्दा मार्टिनेजले महत्वपूर्ण भूमिका निभाएका थिए।

यहि वर्षको अन्त्यमा हुँदै गरेको विश्वकपमा मेस्सी सम्भवतः अन्तिम विश्वकप खेल्दैछन्। मेस्सीका लागि विश्वकप जित्ने यो अन्तिम मौका हुन सक्छ। मेस्सीको विश्वकप जित्ने सपना पूरा गर्न मार्टिनेजले पनि महत्वपूर्ण भूमिका निभाउन सक्छन्।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९११:१७

ट्रान्सफर बजारमा नयाँ ट्वीस्ट, युनाइटेडलाई लिभरपुल पछि आर्सनलले दियो झड्का !