मेस्सी र रोनाल्डोमा को उत्कृष्ट ? यस्तो छ रोनाल्डोका पूर्वसहकर्मीको जवाफ !

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर वायन रुनीले पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो भन्दा लियोनेल मेस्सी उत्कृष्ट रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रुनीले रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट रहेको बताएका हुन्।

एक अन्तर्वार्ताका क्रममा मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट भनेर प्रश्न गरिँदा रुनीले मेस्सीलाई रोजे। मेस्सी र रोनाल्डो दुवै खेलाडी उत्कृष्ट खेलाडी भएपनि मेस्सी अहिलेसम्मकै महान रहेको रुनीले बताए।

“सम्भवतः मेस्सी र रोनाल्डो दुवै फुटबल खेल्ने सबै भन्दा उत्कृष्ट खेलाडी हुन्। तर यस बारेमा मैले पहिला पनि भनिसकेको छु। मलाई लाग्छ, मेस्सी मेरो नजरमा अहिलेसम्मकै महान खेलाडी हुन्।”,रुनीले भने।

रुनीले म्यानचेस्टर युनाइटेडमका हुँदा रोनाल्डोसँगै खेलेका थिए। त्यसबेला रोनाल्डो र रुनीले युनाइटेडबाट एक साथ तीन प्रिमियर लिग र एक च्याम्पियन्स लिग उपाधि जितेका थिए।

कुनै एक समयमा रुनी मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट रहेको बताउँथे। तर समयसँगै मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट भन्ने रुनीको सोच बदलिँदै गएको छ। पछिल्लो समय उनी रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट खेलाडी हुन् भन्ने मान्छन्।

यस्तै गत सिजन देखि रुनी र रोनाल्डो बीचको सम्बन्धमा केहि दरार पनि आएको छ। रुनीले विभिन्न अन्तर्वार्तामा आलोचना गरेपछि रोनाल्डो उनीसँग चिढिएका थिए।

प्रकाशित : शनिबार, असार ०४, २०७९१४:१८

अलपत्र बेलले क्लब भेट्टाए !