अलपत्र बेलले क्लब भेट्टाए !

एजेन्सी – ग्यारेथ बेलको रियल म्याड्रिडको बसाई सकिसकेको छ। रियल म्याड्रिडमा रहेर सबै उपाधि जितिसकेका बेललाई रियलले बिदाई समेत गरिसकेको छ।

यहि महिना रियलसँगको सम्झौता सकिँदै गरेका उनी नयाँ क्लबको खोजिमा छन्। केहि समय अगाडी बेल रियल छाडेपनि रियलमै रहने खबर आएको थियो। केहि स्पेनिस मिडियाहरुले बेल गेटाफे जान सक्ने दावी गरेका थिए।

गेटाफेका अध्यक्ष एन्जल टोरेस सान्चेजले बेलको तर्फबाट आफूहरुलाई सम्पर्क गरिएको दावी गरेका थिए। तर बेलले सान्चेजको दावीलाई खारेज गरिसकेका छन्। बेलले एक पत्रकार सम्मलेनका क्रममा गेटाफे जाने दावी हाँस्यास्पद रहेको बताएका थिए।

यसै बीच बेललाई इटालियन क्लब एएस रोमाले भित्र्याउन चाहेको खुलासा भएको छ। विभिन्न इटालियन मिडियाहरुले बेललाई रोमाले भित्र्याउन चाहेको खुलासा गरेका हुन्।

प्रशिक्षक जोसे मोरिन्होको आग्रहमा रोमाले बेललाई भित्र्याउने तयारी गरेको इटालियन मिडियाहरुको दावी छ। खबरका अनुसार जोसे मोरिन्हो बेलसँग पुनः काम गर्न इच्छुक छन्।

बेल र मोरिन्होले सन् २०२०-२१ को सिजनमा टोटेनह्याममा सँगै काम गरेका थिए। त्यसबेला बेल रियलबाट टोटेनह्याम पठाइएका थिए। त्यसबेला बेलले रियलमा भन्दा राम्रो खेलेका थिए।

बेलले पछिल्ला वर्षहरुमा खासै राम्रो त खेल्न सकिरहेका छैनन्। तर फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा मोरिन्होले बेललाई भित्र्याउन चाहको इटालियन मिडियाहरुको भनाई छ।

प्रकाशित : शनिबार, असार ०४, २०७९१६:५०

सिटी पुगेपनि हालाण्डलाई भित्र्याउने रियलको योजना, यस्तो तिकडम लगाउने प्लान !