सिटी पुगेपनि हालाण्डलाई भित्र्याउने रियलको योजना, यस्तो तिकडम लगाउने प्लान !

एजेन्सी – एक महिना अगाडी सम्म युरोपका सबै ठूला क्लबको नजर एर्लिङ हालाण्डमा थियो। युरोपका सबै ठूला क्लबहरु हालाण्डलाई भित्र्याउन चाहन्थे। तर अन्त्यमा म्यानचेस्टर सिटीले बाजी मार्यो, हालाण्ड सिटी जान तयार भए।

हालाण्ड सिटी पुगेपनि स्पेनिस महारथी रियल म्याड्रिड केहि वर्षपछि उनलाई भित्र्याउने योजनामा रहेको थाहा हुन आएको छ। आउने दुई वर्ष भित्र सिटीले हालाण्डलाई भित्र्याउने योजना बनाएको स्पेनिस मिडियाहरुले दावी गरेका हुन्।

हालाण्ड अहिलेको लागि सिटी पुगेको भएपनि रियल उनलाई भित्र्याउने योजनाबाट ब्याक भइनसकेको स्पेनिस मिडियाहरुको दावी छ। रियलले हालाण्डलाई सन् २०२४ मा भित्र्याउने योजना बनाएको बताइन्छ।

फ्रेन्च स्ट्राइकर करिम बेन्जेको स्थान लिने खेलाडीको रुपमा हालाण्डलाई भित्र्याउने रियलको योजना रहेको छ। रियल म्याड्रिड र बेन्जेमा बीच सम्झौता थपको विषयमा कुराकानी भइरहेको छ। बेन्जेमा र रियल बीचको सम्झौता सन् २०२३ मा सकिँदैछ। अहिले उच्च लयमा रहेका बेन्जेमालाई थप दुई वर्षको सम्झौता प्रस्ताव गर्न रियल चाहन्छ।

सम्झौता थपको विषयमा बेन्जेमा सहमत भएको खण्डमा उनी सन् २०२५ सम्मका लागि रियलमा रहनेछन्। बेन्जेमाको सम्झौता सकिनु भन्दा एक सिजन अगाडी नै हालाण्डलाई क्लबमा भित्र्याउने रियलको चाहना रहेको स्पेनिस मिडियाहरुले जनाएका छन्।

यस्तै सन् २०२४ मा हालाण्डको रिलिज क्लज सक्रिय हुने जानकारी पनि बाहिरिएको छ। सन् २०२४ मा हालाण्डको रिलिज क्लज १ सय ५० मिलियन युरो हुनेछ।

प्रकाशित : शनिबार, असार ०४, २०७९१८:५३

युनाइटेडको कमाण्ड नसम्हाल्दै दिक्क भए टेन ह्याग, यस्तो रहेछ कारण !